समाज

लागु औंषधसहित २ जना कास्की प्रहरीको नियन्त्रणमा

कास्की प्रहरीले लागु औंषधको कारोवारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, रामबजार र लागू औषध नियन्त्रण व्यूरोबाट खट्टिएको टोलीले भोजपुर घर भई पोखरा १४ बस्ने ३३ बर्षका मनोज कुमार मग्राती र हाल पोखरा मिलनटोल बस्ने म्याग्दीको अन्नपुर्ण गाउँपालिका घर भएका बिश्वास पुनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद २ लाख ८१ हजार ५०० रुपैयाँ र २३ ग्राम ९३ मिलिग्राम लागू औषध खैरो हिरोईन बरामद भएको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी… पुरा पढौ

गुरु पुर्णिमाको अवसरमा विन्ध्यवासिनीका गुरुहरु सम्मानित,शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै सच्चा सम्मान: प्रदेश प्रमुख भट्ट

गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् । भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, बाटुलेचौरले विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अध्यापन गराएका स्थापनाकाल देखि २०४० सालसम्मका गुरुहरुलाई एकै ठाउँमा सम्मान गरेको हो ।सम्मानित हुनेमा कर्मकुमारी गुरुङ, सुरेन्द्रराज रेग्मी, रुद्रनाथ पौडेल,भानुभक्त पौडेल,हरिलाल तिमिल्सीना,रुद्रमणि पराजुली, नरहरि भट्टराई,शिवप्रसाद पराजुली, बेनीबहादुर बस्नेत, एकनाथ गौतम, छविलाल आचार्य, कुलबहादुर बस्नेतसहितका १७ जनालाई सम्मान गरिएको मञ्चका पुर्व अध्यक्ष रामबहादुर बानियाँले जानकारी दिए । उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र मञ्चका अध्यक्ष हरिबहादुर वरुवालले दोसल्ला, सम्मानपत्रसहित सम्मान… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि/उपन्यासकार सरस्वती प्रतिक्षा, विधा, समुदाय, भूगोल र पुस्तागत प्रतिनिधित्वको समावेशी सन्तुलन

पोखरा । पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्व तथा सदस्यहरू मनोनयन गरेको छ। नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपति तिलक पुर्जा पुन मगर (ललितकला तथा साहित्य) र सदस्य–सचिव जीवन दाहाल (लोकगीत तथा सङ्गीत) लाई जिम्मेवारीसहित नियुक्ति प्रदान गर्नुभएको हो । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट/ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमिला ताम्राकार तुलाचन (नाट्य/रङ्गमञ्च तथा अभिनय) रहनुभएको छ । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलुवाल… पुरा पढौ

पर्यटकलाई अनावश्यक दुःख दिने ८ जना पक्राउ

पोखरा, साउन १३ पर्यटकलाई हैरानी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो तरिकाले हिंडिरहेका पर्यटकलाई अनावश्यक रुपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको विरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो । आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुहरुलाई आफूले भनेको होटल जानैपर्ने भन्दै अनावश्यक रुपमा हैरान पारेकाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार विरौटाबाट ५ जना र हल्लनचोकबाट ३ जनालाई पक्राउ गरिएको… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतीमा सरस्वती प्रतीक्षा

सन्देश श्रेष्ठपोखरा, साउन १३ पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतीमा साहित्यकार सरस्वती ‘प्रतीक्षा’ नियुक्त भएकी छन् । महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको समितिले सिफारिस गरेवमोजिम पोखरा महानगरपालिकाले प्रतीक्षालाई कुलपतीमा नियुक्त गरेको हो । त्यस्तै, उपकुलपतिमा पुन आर्टका सञ्चालक तथा साहित्यकार तिलक पुन पुर्जा मगर र सदस्य–सचिवमा जीवन दाहाल (लोकगीत, संगीत) नियुक्त भएका छन् । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यहरुमा श्रीजङ्ग गुरुङ, हरेराम जोजिजु , दिलीप गायक र प्रमीला ताम्राकार तुलाचन नियुक्त भएका छन् । यसैगरी, प्रतिष्ठानको प्राज्ञ सभा सदस्यहरुमा भास्करध्वज श्रेष्ठ (संगीत… पुरा पढौ

आज गुरुपूर्णिमा: गुरुप्रति श्रद्धा व्यक्त गरेर मनाईदै

काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर गुरुपूर्णिमा मनाइँदै छ। आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई वैदिक परम्परामा व्यास जयन्तीका रूपमा पनि लिइन्छ।वैदिक धर्मग्रन्थ महाभारत का रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा सुरु भएको मानिने गुरुपूर्णिमा शिक्षा, दीक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता प्रकट गर्ने दिनका रूपमा मनाइन्छ। परम्पराअनुसार शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै माला, टीका, मिष्ठान्न तथा विभिन्न उपहार अर्पण गर्ने चलन छ। नेपाली समाजमा गुरुको स्थान आमा–बुबासरह मानिने भएकाले यो पर्वले गुरु–शिष्य सम्बन्धलाई… पुरा पढौ

रेडक्रस कास्कीद्वारा ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाद्वारा ८५ औँ पटक रक्तदान

पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसकाे अवसरमा पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरी रक्तसञ्चार सेवाको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने २५ जना अग्रणी रक्तदाता हरू र २० वटा विभिन्न संस्थालाई संस्थागत सम्मान गरिएको छ। समाराेह मा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले ८५ औं पटक रक्तदान गर्ने रक्त दान अभियन्ता कृष्ण बहादुर थापालाई व्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम को सुरुवात गरिएको थियाे। अग्रज रक्तदाता थापा २०५५ देखि निरन्तर रक्त दान सहित विभिन्न… पुरा पढौ

पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल

पोखरा, १२ साउन गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । क्युआर कोर्ड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र जिसीले क्युआर कोर्डको उद्घाटन गरे । यसले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित… पुरा पढौ

पोखरा बसपार्कका सुकुमबासी समस्या समाधानमा राजनीति प्रवेश

पोखरा, साउन १२ पुराना दलहरुले सुकुमबासी समस्या समाधानमा ध्यान दिएनन् । बरु सँधै भोटबैंक बिग्रिने डरले गिजोलिरहे । एउटा सरकारमा रहँदा अर्को पक्षले विरोध गर्ने, अनि प्रतिपक्षमा बसेको दल सरकारमा पुगेका बेला फेरी अर्को पक्षले विरोध गर्ने प्रक्रिया दशकौं वर्ष चलिरह्यो । किनकी सुकुमबासी समस्या समाधान भएमा भोट राजनीति बिग्रिनेमा उनीहरु चिन्तित थिए, नकी सुकुमबासी समाधान समाधानप्रति । जसका कारण चार दशकसम्म पोखरा बसपार्कका सुकुमबासीले लालपूर्जा पाएनन् । उल्टै राजनीतिक दलका अगुवाहरुले नक्कली सुकुमबासी खडा गरेर बसपार्कको जग्गा हडपे ।… पुरा पढौ

रेडक्रस कास्कीद्वारा रक्त अभियानमा सघाउने ४५ जनालाई सम्मान

नेपाल रेडक्रस सोसाइटी, कास्कीले व्यक्तिगत तथा संस्थागत गरी ४५ जनालाई सम्मान गरेको छ । ६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसर पारी पोखरामा विशेष कार्यक्रमको आयोजना गरी रक्तसञ्चार सेवाको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने २५ जना व्यक्ति र २० वटा संस्थालाई संस्थागत रुपमा सम्मान प्रदान गरेको हो।सम्मानित हुनेमा रेडक्रसकर्मि धर्मराज अधिकारी,अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ,बलराम अधिकारी, सृजन ओम श्रेष्ठ,सञ्जय किशोर बास्तोला,दुर्गाप्रसाद गोरासैनी,प्रकाश पौडेल,रामप्रसाद खनाल,उपेन्द्र अधिकारी,नवराज घिमिरे,सोमेलाल श्रेष्ठ,दिपक गोदार,सुब्बा शाक्य ,वीरेन्द्र बहादुर थापा ,सुजित श्रेष्ठ,किशोर बराल,डाल्डा देवी भुजेल,यादब प्रसाद तिमिल्सिना,रमेश बहादुर कार्की,प्रेमबहादुर क्षेत्री,पुष्पा… पुरा पढौ