सञ्चारिका समूह नेपालको आयोजनामा सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला आज समापन हुदै छ । गण्डकी प्रदेशका महिला पत्रकारलाई जलवायु परिवर्तनका स्थानीय प्रभावमा खोजमूलक तथा तथ्यमा आधारित रिपोर्टिङ गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यशालामा जेण्डर संवेदनशील जलवायु रिपोर्टिङ, समावेशी पत्रकारिता, खोजमूलक अनुसन्धान, डिजिटल पत्रकारिता, तथ्य जाँच मोबाइल पत्रकारिता तथा पत्रकारिताको आचारसंहिता लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। कार्यशालामा सहभागी महिला पत्रकारलाई जलवायु परिवर्तनले स्थानीय समुदाय, वातावरण, पर्यटन, कृषि तथा जनजीवनमा पारिरहेको प्रभावलाई समाचारका रूपमा…
पुरा पढौ