समाज

मगर संघ हङकङको अध्यक्षमा स्याङ्‌जाका रवीन्द्र र प्रेम, उपाध्यक्षमा तनहुँकी पवित्रा

मगर संघ हङकङको मगर एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संस्थाको कार्यकारी अध्यक्षमा स्याङ्जाका प्रेम थापा मगर र अध्यक्षमा रविन्द्र थापा मगर सर्वसम्मत चयन भएका छन। यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा निता थापा मगर, उपाध्यक्षमा पवित्रा सारु मगर (तनहुँ), महासचिवमा झलक थापा मगर, सचिवमा निर आले मगर, कोषाध्यक्षमा ललिता श्रीस मगर र सह कोषाध्यक्षमा विशाल थापा मगर चयन भएका छन ।यस्तै समितिको सदस्यहरूमा शालिग्राम थापा मगर, वसन्त थापा मगर, एकराज थापा मगर, रमेश राना मगर, नविन थापा मगर, जगत थापा… पुरा पढौ

पोखराबाट पशु क्वारेन्टाइन सेवा थालनी

सङ्घीय सरकारले पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका–१५ स्थित लामापाटनमा कार्यालय स्थापना गरेको हो । नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी पशु क्वारेन्टाइन कार्यालय पोखरामा सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा पशुपति ढुङ्गाना तथा पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरे । यस कार्यालयअन्तर्गत दुई स्थायी चेकपोष्ट… पुरा पढौ

संगीत र पर्यटन सम्बन्धी गोष्ठी र हाइकिङ ताङतिङमा सम्पन्न

हाइकर्स क्लब नेपालले आयोजनामा संगीत र पर्यटन सम्बन्धी गोष्ठी सहित हाइकिङ कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय सदस्य प्रमिस सिवाकोटीले कार्यक्रमको उद्घाटन गर्दै संगीत, संस्कृति र पर्यटन एक–अर्काका पूरक छन् भन्दै यस्तै कार्यक्रमहरूले स्थानीय कला, संस्कृति र गन्तव्यको प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले ताङतिङ जस्तो पर्यटन क्षेत्रले संगीतको माध्यमबाट अझै धेरै सम्भावना बोकेको बताउँदै संघीय संरचनामा स्थानीय तहले पनि सांस्कृतिक पर्यटनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमको… पुरा पढौ

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

पोखरा जेसीजको अध्यक्षमा जेसी सुमन पहारी निर्वाचित भएका छन्। जेसीजको ४६ औं शाखा अधिवेशनले वर्ष २०२६ का लागी पहारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो। अध्यक्षमा पहारीले ५० मत ल्याएर निर्वाचित भएका हुन्।उनले अध्यक्ष पदका अर्का उम्मेदवार अन्नत प्रधानाङ्गलाई २६ मतान्तरले पराजित गर्न सफल भएका हुन् । ७८ जना मतदाता रहेको उक्त निर्वाचनमा ७४ मत मात्र खसेको थियो । खसेको कुल मतमध्ये प्रधानाङ्गलाई २४ मत मात्र प्राप्त भएको थियो। त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि… पुरा पढौ

टाईटन घडी कम्पनीले खोल्यो पोखरामा एक्सक्लुसिभ स्टोर

पोखरा, मंसिर १ टाइटन घडी कम्पनीले पोखरामा एक्सक्लुसिभ स्टोर खोलेको छ । टाईटनले पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमलमा शनिबारदेखि एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो । पोखरामा पहिलो पटक एक्सक्लुसिभ स्टोर खोलेको टाईटनको देशभरमा भने यो एघारौं स्टोर हो । स्टोरको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रिबन काटेर उद्घाटन गरे । सोमबारदेखि सञ्चालनमा आएको यस स्टोरमा टाईटन घडी कम्पनीका एक हजार प्रकारका विभिन्न डिजाईनका घडीहरु रहेको कम्पनीका ईन्टरनेसनल अपरेसन्स विजनेस म्यानेजर वसन्त वासुदेवनले जानकारी दिए । उनका अनुसार स्टोरमा पुरुषहरुका लागि… पुरा पढौ

ताल बाराही मावि व्यवस्थापन समितिको अध्यक्षमा ः गोविन्दराज पहारी

पोखरा, मंसिर १ । पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन्, तेसै गरि वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन । नेपाल सरकारको शिक्षा… पुरा पढौ

सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हँुदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा… पुरा पढौ

पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन

कास्कीका पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । उनको आजै घाचोकको रातोपानी घाटमा अन्त्यष्टी गरिएको छ । उनको पार्थिव शरिरमा भाई बिष्णु दवाडीले दागबत्ती दिएका थिए । स्वर्गीय दवाडीका श्रीमती सरीता, छोरा रोशन र छोरी संगीता छन् । छोरा रोशन र छोरी संगीता भने अमेरिकामा छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका घाचोकमा वि.सं. २०२६ सालमा जन्मिएका ५७ वर्षिय दवाडीले पर्यटन तथा नेपालमा… पुरा पढौ

पोखरामा अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलुु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उनले बताए । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमूल, बेलबुटेलगायत स्थानमा पर्याप्त मात्रामा आलुखेती गरिन्छ । पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा… पुरा पढौ

आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको संविधान धारा २९४ को ३ बमोजिम आयोगको आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताए । उनले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने… पुरा पढौ