खेलकुद

अन्नपूर्ण म्याराथनको छैठौं संस्करण जेठ २० गते

सन्देश श्रेष्ठपोखरा, जेठ ६ कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैठौं संस्करण यहि जेठ तेस्रो साता हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हुने यो म्याराथन जेठ २० गते हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७६ औं वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष तथा… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ तेस्रो साता

सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ १५ र १६ गते बागलुङमा हुने भएको छ । प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाबाट गरी झन्डै एक हजार १०० खेलाडी सहभागी हुने परिषद्का सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए । डेढ सयको सङ्ख्यामा अफिसियल सहभागी हुने उनको भनाइ छ । “सुरक्षा प्रबन्धदेखि अन्य तयारीका काम भइरहेको छ, जिल्ला खेलकुद विकास समिति बागलुङले स्थानीय रूपमा व्यवस्थापन र समन्वयको काम गरिरहेको छ”, सदस्यसचिव… पुरा पढौ

कुशलको शतक मद्धतमा नेपालले अमेरिकालाई ९ विकेटले हरायो

ओपनर कुशल भुर्तेल चम्किदा नेपालले अमेरिकामाथि सहज जीत दर्ता गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारि खेले । अभूतपूर्व प्रदर्शन गरेका उनले ११७ बलमा १२० रन बनाए । उनले १३ चौका र ४ छक्का प्रहार गरे । टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको नेपालले ३६ ओभर ४ बलमा एक… पुरा पढौ

क्रिकेट लिग २: अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन… पुरा पढौ

२४ वर्ष वर्षदेखि खेल बिट हेरिरहेका बराललाई खेल पत्रकारिता अवार्ड, प्रोफाइलसहित

पोखरा, जेठ १दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट खेल पत्रकार अवार्ड दीननाथ बरालले प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा भएको अवार्ड समारोहमा विगत २४ वर्षदेखि निरन्तर खेल बिट हेरिरहेका बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गरिएको हो । अवार्डको साथमा नगद ३५ हजारसहित दोसल्ला र ताम्र पत्र रहेको छ ।उनलाई गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्चका… पुरा पढौ

रारा पोखरा स्पोर्ट्स अवार्ड-२०८२ : प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाईफटाईम अचिभमेन्ट अवार्ड

सन्देश श्रेष्ठपोखरा, बैशाख ३१ टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा विहीबार पोखरामा भएको दशौं संस्करणको रारा पोखरा स्पोटर््स अवार्ड–२०८२ मा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टि खत्री (जुडो) र सञ्जु विक्रम शाह (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जिते । त्यस्तै, एथ्लेटिक्सकी ८ सय मिटर धाविका नारायणीले मोनिका राना (आर्चरी) र मनिषा… पुरा पढौ

१० औं रारा पोखरा स्पोर्ट्स अवार्ड जारी, कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघको अवार्ड

दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा एथ्लेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा अधिकारीसँगै टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक अधिकारीलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई नेपाल भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्मा, पोखरा महानगर खेलकुद विकास… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा अवार्डका संस्थापक र पूर्व अध्यक्षहरुलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करणमा १० जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।बुधबार आयोजना गरिएको पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा संस्थागत विकासमा योगदान पु¥याएका पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापकलाई सम्मान गरेको हो । संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पर्व अध्यक्षहरु मोहन घले, विनोद लामिछाने, प्रेमरानायण न्यौपाने, केशव पाठक, एकराज गिरी, दीननाथ बराल र पोखरा स्पोर्ट्स अवार्डका परिकल्पनाकार सन्देस श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला र माला लगाएर सम्मान गरिएको हो । संस्थातर्फ सहारा क्लब पोखरा… पुरा पढौ

गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरुले यस विषयमा जोड दिएका छन् ।सम्मेलनमा वक्ताका रुपमा थिए, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी ।… पुरा पढौ

गायिका मिलन नेवारले दिनेछिन्, पोखरा स्पोर्टस् अवार्डमा प्रस्तुती

चर्चित गायिका मिलन नेवारको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका नेवारको प्रस्तुती रहने भएको हो ।यहीं वैशाख ३१ गते बिहीबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा मिलनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन् । कार्यक्रम हेर्नको लागि… पुरा पढौ