खेलकुद

आहा रारा पोखरा गोल्डकपमा प्रायोजकबाट बढ्दा टिकटबाट हुने आम्दानी घट्दो

सन्देश श्रेष्ठपोखरा, भदौ २६ सहारा क्लव पोखराले गत वर्ष आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपबाट ३ लाख रुपैयाँ बचत गरेको छ । क्लवले गत माघमा आयोजना गरेको २५औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट ३ लाख २१ हजार ८ सय ३९ रुपैयाँ बचत गरेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । सहाराले प्रतियोगिताबाट कुल १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपैयाँ आम्दानी भई १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च भएको जनाएको… पुरा पढौ

बुद्ध सिंह बने कास्की जिल्ला भलिबल संघको अध्यक्ष

सन्देश श्रेष्ठपोखरा, भदौ २५ कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन भएका छन् । संघको विहीबार पोखरामा सम्पन्न २६ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि सिंहलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा सञ्जीव जिसी, उपाध्यक्षमा अनिल गुरुङ, महासचिवमा टंक पौडेल र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भए । त्यस्तै, सदस्यहरुमा प्रमिला अधिकारी, लक्ष्मी गुरुङ, बलराम तिमिल्सिना, सुविन गुरुङ (सोविन), उत्तमलाल श्रेष्ठ (रुपा गा.पा.) र योगेन्द्र गुरुङ (मादी गा.पा.) चयन भए । साधारण सभाले… पुरा पढौ

टेनिसमा अर्को इतिहाँस रच्दै पोखरेली टेनिस स्टार अभिषेक बाँस्तोला

पोखरेली टेनिस स्टार खेलाडी अभिषेक बास्तोलाले नेपाली टेनिसमा अर्को इतिहाँस रच्दैछन् । उनी एटीपी च्यालेन्जर ट्रफी खेल्ने भएका छन् । यो प्रतियोगिता खेल्न अभिषेक नेपालका पहिलो टेनिस खेलाडी हुन् । ७ देखि १३ सेप्टेम्बरसम्म भियतनामको फान थिएटस्थित नोभा वल्र्डको हार्ड कोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ । वाइल्ड कार्डबाट प्रवेश पाएका अभिषेकले क्वालिफायरमा जापानी खेलाडी युता कावाहासीविरुद्ध खेल्नेछन् ।कुल ६३ हजार अमेरिकी डलर पुरस्कार राशिको एटिपी च्यालेन्जरमा नेपालको प्रतिनिधित्व गर्न पाउन नेपाली टेनिस र आफ्नो लागि ऐतिहासिक उपलब्धि भएको अभिषेकले बताए… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पराजुलीलाई

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले संचालन गर्दै आएको सो पुरस्कार छनोट समितिको सिफारिसमा उनलाई प्रदान गरिने निर्णय भएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।प्रतिभा छनोट समिति संयोजकमा क्लबका मानार्थ सदस्य नारायण कार्की थिए । सदस्यमा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबि आस्था, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवराज बराल, क्लब अध्यक्ष केशवबहादुर… पुरा पढौ

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबारदेखि तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल टेनिस प्रतियोगिता सुरु भएको छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा उनले खेल पर्यटन प्रवद्र्धन तथा खेलाडीबीच भाइचारा सम्बन्ध प्रगाढ पार्नका लागि रेवान पोखराले यो प्रतियोगितालाई सहयोग गर्दै आएको बताए । यसअघि रेवान पोखराका पदाधिकारीहरूले कास्की जिल्ला खेलकुद विकास समितिले पोखरा रङ्गशालाभित्र सञ्चालन गरेको ‘क्लिन रङ्गशाला ग्रीन रङ्गशाला’ कार्यक्रममा हातेमालो गर्दै रेवान पार्क… पुरा पढौ

शुक्रबारदेखि पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’

दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । यही भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार… पुरा पढौ

पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित

सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको बुधबार सम्पन्न २६ औं साधारण सभा तथा १४ं अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा नेपाल हवाई खेलकुद संस्था ‘ना’का पूर्व अध्यक्ष कृष्ण भण्डारीलाई १४ मतले पराजित गर्दै भुजेल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३९ प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले २५ मत प्राप्त गरे भने पराजित भण्डारीले ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ… पुरा पढौ

भोटेकोशी बाढी पीडितलाई जिल्ला खेलकुद विकास समितिको एक लाख सहयोग

सन्देश श्रेष्ठपोखरा, भदौ १६ जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी पीडितको लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । जिल्ला खेलकुदले अध्यक्ष मिलन गुरुङसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको एक वर्षसम्मको भत्ता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । जम्मा गरेको रकमको भौचर जिल्ला खेलकुदले कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई हस्तान्तरण ग¥यो । समितिका अध्यक्ष मिलन गुरुङले समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एक वर्षसम्मको बैठक भत्ता बाढी पीडितलाई सहयोग गर्ने निर्णय भएअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार… पुरा पढौ

कल्पको ‘मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

आगामी असोज २ गतेदेखि आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’मा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका सदस्यले पनि सहभागिता जनाउन पाउने भएका छन् । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि अन्य खेलाडीको हकमा भने नेपाल पत्रकार महासंघको सदस्य हुनुपर्ने कल्पका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अन्य विधाका पत्रकार र खेल पत्रकारबीचको सम्बन्धलाई थप सुदृढ गर्दै आपसी भाइचारा र पेशागत सहकार्यलाई घनीभूत बनाउन मञ्चका खेलाडीलाई आव्हान गरेको श्रेष्ठले… पुरा पढौ

बाढी पीडित राहत कोषमा सहारा क्लवको डेढ लाख

सन्देश श्रेष्ठ पोखरा, भदौ १५ सहारा क्लव पोखराले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतका लागि डेढ लाख बढी सहयोग गरेको छ । आहा ! रारा पोखरा गोल्डकपको आयोजक तथा सहारा एकेडेमीको सञ्चालक सहारा क्लवले भोटेकोशी नदीमा आएको बाढीले प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायतका जिल्लाका नागरिकको उद्धार तथा राहतका लागि १ लाख ५० हजार ६ सय ४२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहारा क्लवका पदाधिकारी, पूर्व पदाधिकारी, संस्थापक तथा सदस्यहरुबाट संकलन गरि बाढी… पुरा पढौ