खेलकुद

ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड

पोखरा, २६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’बाट सम्मानित गर्ने भएको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याए बापत यो सम्मान पाउन लागेका हुन् । गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा छन्।त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह–सचिव बिकी गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन्।त्यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र… पुरा पढौ

वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड दीनानाथ बराललाई प्रदान गरिने

पोखरा, बैशाख २४ खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्षको वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष पत्रकार दीनानाथ बराललाई प्रदान गर्ने भएको छ । मञ्चले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड-२०८२ बराललाई प्रदान गर्ने जानकारी गराएको हो । वर्षभरीमा खेल सम्बन्धि गरेको रिपोर्टिङलाई आधार बनाएर बराललाई अवार्ड प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष एमबी आस्थाले जानकारी दिए । विगत दुई दशक भन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्व अध्यक्ष हुन् भने उनी रेडियो नेपाल,… पुरा पढौ

रारा पोखरा स्पोर्टस् अवार्ड ! चार विधामा ३/३ जनाको नोमिनेसन सार्वजनिक

सन्देश श्रेष्ठपोखरा, बैशाख २४ रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को नोमिनेसन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि बैशाख ३१ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदी लेकसाईडमा आयोजना गर्ने रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को चार विधाका नोमिनेसन विहीबार सार्वजनिक गरिएको हो । मञ्चले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ अन्तर्गत वर्ष… पुरा पढौ

रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारी यूकेको साथ

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारीले साथ दिएको छ । यूकेमा रहेको क्यास एण्ड क्यारीका सञ्चालक चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङले १० औंं पोखरा स्पोर्टस अवार्डका लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका चन्द्रबहादुर गुरुङले नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।यूकेमा रहेर पनि समाजसेवामा सक्रिय… पुरा पढौ

पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण पोखरामा सम्पन्न, दक्ष जनशक्ति उत्पादनमा जोड

पोखरा । नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो । पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता… पुरा पढौ

नेपाल पुलिस क्लवले जित्यो ऐतिहासिक पोखरा महिला गोल्डकपको उपाधि

सन्देश श्रेष्ठपोखरा, बैशाख २० महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा महिला गोल्डकप प्रतियोगिताको फाइनलमा त्रिभूवन आर्मी क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । १० खेलाडीमा सिमित आर्मीबिरुद्ध टाईब्रेकरमा पुगेर संघर्षपूर्ण जित निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । उपबिजेतामै चित्त बुझाएको आर्मीले भने नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । आईतबारको… पुरा पढौ

दोश्रो कुमुदिनी होम्स एसईई कप-२०८३ सुरु

पोखरा, १९ वैशाख । दोश्रो ‘कुमुदिनी होम्स एसईई कप’-२०८३ सुरु भएको छ । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरे । एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद सहभागि गराउन र बढावा दिन तथा भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । विद्यालयले पढाईका साथमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको छ । पालिखेले भने, सम्पदा, कला, संस्कार, संस्कृति, पर्यावरण, पर्यटन र नेपाली मौलिक कुराहरुमा विद्यार्थीलाई उत्प्रेरित गर्दै आएका छौं ।… पुरा पढौ

पोखरा महिला गोल्डकपको फाइनलमा त्रिभूवन आर्मी र नेपाल पुलिस : उपाधिका लागि भोलि भिड्ने

सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरीको नेपाल पुलिस क्लव प्रतिष्पर्धामा उत्रिने भएका छन् । शनिबार भएको दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले संकटा क्लवलाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । यसअघि पहिलो खेलमा शुक्रबार पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८–० ले पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्त आईतबार हुने आयोजकले जनाएको छ । आरएस पोखरा फुटबल क्लवको आयोजनामा पोखरा रंगशालामा… पुरा पढौ

पोखरामा तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा ।नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो ।वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो ।तालिमको… पुरा पढौ