खेलकुद

बाढी पीडित राहत कोषमा सहारा क्लवको डेढ लाख

सन्देश श्रेष्ठ पोखरा, भदौ १५ सहारा क्लव पोखराले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतका लागि डेढ लाख बढी सहयोग गरेको छ । आहा ! रारा पोखरा गोल्डकपको आयोजक तथा सहारा एकेडेमीको सञ्चालक सहारा क्लवले भोटेकोशी नदीमा आएको बाढीले प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायतका जिल्लाका नागरिकको उद्धार तथा राहतका लागि १ लाख ५० हजार ६ सय ४२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहारा क्लवका पदाधिकारी, पूर्व पदाधिकारी, संस्थापक तथा सदस्यहरुबाट संकलन गरि बाढी… पुरा पढौ

पल्सर स्पोटर्स अवार्डमा चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले आइतबार आयोजित अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औँ संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५,५ मनोनयन सार्वजनिक गरेको हो ।वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला… पुरा पढौ

छात्र ह्याण्डबलमा प्रतिभा मावि च्याम्पियन

पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा प्रतिभा मावि च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभाले गुरूकुल मावि विरुद्ध झिनो १ गोलले जत हात पर्न सफल भएको छ । फाइनल खेलमा प्रतिभाले १२ गोल गर्दा गुरुकुलले ११ गोल गरेको थियो । प्रतिभा च्याम्पियन भएसँगै नगद २० हजार र गुरुकुलले नगद र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।… पुरा पढौ

मिडिया कप फुटसललाई वडा नम्बर–१२ को साथ

पोखरा,कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’लाई पोखर वडा नम्बर १२ ले सहयोग गर्ने भएको छ ।पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले मिडिया कप फुटसललाई सहयोग गर्ने सहमति भएको बताए । अध्यक्ष बास्तोलाले प्रतियोगितालाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको महशुस गर्दै फुटसललाई सभ्य र भव्य बनाउन आफ्नो साथ रहने जानकारी दिए ।यस अवसरमा आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिता सफल पार्न हातेमालो… पुरा पढौ

अभ्यास खेलमा मलेसियामाथि नेपालको जित

मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ । मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो । जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाललले जवाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो । त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्टाएर ४८ ओभरमा झारिएयो । त्यससँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्‍यो । उक्त लक्ष्य नेपालले २८ ओभरमा एक… पुरा पढौ

पोखरा ट्रेड मलमा जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा

पोखरा, भदौ ७। पोखरा ट्रेड मलको दोस्रो तलामा महिलालाई लक्षित गरी जिजी पोखरा र बीपी एथेनिक वेयर सञ्चालनमा आएका छन्। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै जिजी पोखरामा चिनियाँ ब्रान्डका फेसनेबल पहिरन तथा बीपी एथेनिक वेयरमा भारतका ब्रान्डेड कुर्था–सुरुवाल र एथेनिक पोसाक उपलब्ध गराइएको छ। दुवै पसलको आइतबार एक समारोहबीच कल्पु कलेक्सन चितवनकी सञ्चालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल र समाजसेवी शान्ति गिरीले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। उद्घाटन अवसरमा दुवै पसलले ग्राहकका लागि विशेष छुटको… पुरा पढौ

‘मिडिया फुटसल कप’मा कल्पलाई जीएमसीको साथ

पोखरा कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको हस्पिटल पार्टनरमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) रहेको छ । शनिबार एक कार्यक्रमबीच मेडिकल कलेज र कल्प मिडियाबीच प्रतियोगिताका दौरान सेवा उपलब्ध गराउने उद्देश्यबीच सम्झौता भएको मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । सम्झौता अनुसार प्रतियोगितामा कलेजले मेडिकल सेवा उपलब्ध गराउने छ भने आकस्मिक सेवा प्रदान गर्न अस्पताल लैजान परे ५ हजार… पुरा पढौ

प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस : यु-१८ उपाधी शास्वतलाई, यु-१६ को सुरेन्द्र

गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु–१८ ब्वाईज सिंगलको उपाधी शास्वत बज्राचार्यले जितेका छन् । पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दिप विकलाई ६–१,६–१ को सहज सेटमा पराजित गर्दै शास्वतले सो उपाधी जितेका हुन् । त्यस्तै, यु–१४ ब्वाईज सिंगल उपाधी आर्यषराज पौडेलले जितेका छन् । उनले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए । यस्तै यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र बिक… पुरा पढौ

प्रथम पिसिएम कप जुनियर राष्ट्रिय टेनिस : यु-१८ मा सन्दिप र शास्वत फाइनलमा

भदौ ७,पोखरा गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा जारि प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनिको पुरुषतर्फ सन्दिप विक र शास्वत बज्राचार्य उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगाशालाको टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा सन्दिपले सुरेन्द्र विकलाई ७–६, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, शास्वतले अभिषेक विकलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिममा स्थान सुरक्षित बनाए । १४ वर्ष मुनि आर्यषराज… पुरा पढौ

बाटुलेचौरमा तीन दिनसम्म ऐतिहासिक तीज मेला हुने

पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौं २७ देखि २९ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक मौलिक कला, संस्कृति संरक्षण समिति, पोखरा–१६ ले जानकारी दिएको छ । तीन दिनसम्म बाटुलेचौरस्थित ऐतिहासिक खेल मैदानमा संचालन हुने मेलामा मौलिक तीज गीत प्रस्तुतिसहित पोखरा महानगरभित्रका वडाको सहभागितामा पुरुष भलिबल प्रतियोगिता, महिला दौंड, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुल्ला ठेलो हान्ने, घैंटो फुटाउने, डोरी तान्ने प्रतियोगिताका साथमा बिबिध… पुरा पढौ