खेलकुद

माछापुच्छ्रे टेनिस ः मेन्स सिंगल उपाधी करनलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगलको उपाधी करन बहादुर थापाले जितेका छन् । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उनले ८० हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका आयुषमानले नगद ४० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि ३५ वर्ष माथिको मेन्स सिंगल जितेन्द्र परियारले जितेका छन् ।… पुरा पढौ

माछापुच्छ्रे टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन, पुरुषतर्फ उपाधीका लागि करण र आयुष्मान भिड्ने

पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराउँदा सुनिराले दोश्रो स्थानमै चित्त बुझाइन् । मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सिमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफुलाई अन्तिम दुईमा उभ्याए । पहिलो… पुरा पढौ

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन् । गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन् । गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपको उपाधि कालिका माविलाई

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत… पुरा पढौ

पोखरामा २२ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

पुष ११,पोखरा पोखरामा २२ औं संस्करणकको माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणिय रहेको बताउनुभयो । पोखरेलीहरुको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उहाँले जनाउनुभयो । साथै प्रतियोगिताको निरन्तरताका लागि आगामी… पुरा पढौ

कालिका क्याम्पसमा खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु सम्पन्न

पोखरा, पुस १० कालिका बहुमुखी क्याम्पस पोखरा–१४ काजीपोखरीको ३४ औं वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत विहीबार खेलकुद तथा अतिरिक्त कृयाकलापहरु सम्पन्न भएका छन् । पुस ४ गतेदेखि शुरु भएको वार्षिकोत्सव विशेष खेलकुद तथा अतिरिक्त कृयाकलापहरु विहीबार सकिएको हो । खेलकुद तथा अतिरिक्त कृयाकलाप कार्यक्रमहरु समापन कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले देशको भविष्य युवाको हातमा रहेको बताए । त्यसैले युवा पलायन रोक्न आवश्यक रहेकोमा उनले जोड दिए । क्याम्पसबाट उ्रत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुनेहरुलाई आफू आबद्द केसी ग्रुपले… पुरा पढौ

हिमालय क्लवको साधारण सभा सम्पन्न, भलिवलका पुर्व राष्ट्रिय खेलाडी बस्नेत सम्मानित

शिशिर उजाडपोखरा भलिवल खेलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र बहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लवको २९ औं बार्षिक साधारण सभाका अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथी संस्थापक अध्यक्ष तीर्थमान तामाङ , मानार्थ सदस्य पुर्व मन्त्री कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुर्व वडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लवका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, स्वर्गीय उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत,क्लवका पुर्व… पुरा पढौ

पाेखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु

पोखरा ९ पाैष ।  पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे ।  राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा… पुरा पढौ

पोखरामा शुक्रबारदेखि २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता

सन्देश श्रेष्ठपोखरा, पुस ९ पोखरामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको २२ औं श्रृंखला यहि पुस ११ गते शुक्रबारदेखि हुने भएको हो । पुस २२ गतेसम्म हुने प्रतियोगितामा तीन देशका एक सय बढी टेनिस खेलाडीको सहभागिता रहने आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा महिला तथा पुरुषको एकल र युगल दुबैतर्फ ३५ वर्षमाथि, ४५ माथि,… पुरा पढौ

हिमालय क्लवले भलिवलका राष्ट्रिय खेलाडी योगेन्द्रलाई सम्मान गर्ने

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लवले भलिवलका राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई पुरस्कार अर्पण सहित सम्मान गर्ने भएको छ । क्लवको २९ औं बार्षिक साधारण सभाको अवसरमा यही पौष १० गते बाटुलेचौरमा हुने कार्यक्रममा खेलाडी बस्नेतलाई क्लवद्वारा स्थापित ‘उदयबहादुर बस्नेत स्मृति भलिबल’ पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए । सो पुरस्कार भलिवल खेलको विकासमा योगदान पुर्याउने खेलाडी वा संस्थालाई प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिन्छ। नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र सल सहित पुरस्कार अर्पण गरिने बताईएको छ ।… पुरा पढौ