खेलकुद

पोखरा रंगशालाभित्र खेलाडी र दर्शकका लागि शुद्ध खानेपानी

पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की फिल्टर मेसिन स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सो पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित सो पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार पानी फिल्टर मेसिन बहुस्तरीय… पुरा पढौ

१३ वर्षपछि आयोजक सहारालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

सन्देश श्रेष्ठपोखरा, फागुन ९ आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लव पोखराले जितेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जाउलाखेल यूथ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै सहाराले आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करणको उपाधि जितेको हो । २०७० सालमा प्रतियोगिताको पहिलो पटक उपाधि चुमेको आयोजक सहाराले शनिबार दोस्रो पटक उपाधि जित्दै ईतिहास दोहो¥याएको छ । चौथो पटक फाइनल खेलेको सहारा २०६९ मा फाइनलमा पुगे पनि उपाधिबाट बञ्चित भएको थियो… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधि भिडन्त भोलि, जावलाखेल र सहारा आमनेसामने : कसले मार्ला बाजी ?

सन्देश श्रेष्ठपोखरा, फागुन ८ पोखरामा भोलि आहा १ रारा पोखरा गोल्डकपको उपाधि भिडन्त हुँदैछ । पोखरा रंगशालामा हुने फाइनल भिडन्तमा जावलाखेल युथ क्लव र आयोजक सहारा क्लव पोखरा आमनेसामने हुँदैछन् । शनिबार दिउँसो २ बजेपछि हुने उपाधि भिडन्त दुबैका लागि ऐतिहासिक हुनेछ । दोस्रो पटक उपाधि भिडन्त गर्न लागेको जाउलाखेल उपाधिविहीन् छ । त्यसैले उ उपाधि जितेर ईतिहास कोर्न चाहन्छ । भने आयोजक सहारा क्लव पोखराले जिते उसले ईतिहास दोहो¥याउने छ । २०७० सालमा उपाधि जितको सहारा १२ वर्षपछि उपाधि… पुरा पढौ

उपहार गोलको उद्दतमा जावलाखेल आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

सन्देश श्रेष्ठपोखरा, फागुन ७ जावलाखेल युथ क्लव १४ वर्षपछि आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको खेलमा जावलाखेल उपहार गोलको मद्दतमा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । विदेशी पाहुना टोली आभा एफसी उज्वेकिस्तानसँगको प्रतिष्पर्धात्मक खेलमा जावलाखेल भाग्यमानी ठहरियो । गोलको खडेरी परिरहेका बेला जावलाखेलले ५२ औं मिनेटमा उपहार गोल पाएको थियो । विपक्षी टिममाथि दबाब बढाउने क्रममा जावलाखेलका धर्बेन्द्र कुँवरले बायाँसाईडबाट क्रस गरेको बललाई उज्वेकिस्तानका कुसान गानीजानोभले आत्मघाती गोल गर्दै… पुरा पढौ

सहारालाई खोला फर्किझैं भो : बाह्र वर्षपछि उपाधि नजिक

सन्देश श्रेष्ठपोखरा, फागुन ६ आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा ६ पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथको शिकार बनाउँदै आयोजक सहारा क्लव पोखरा फाईनलमा पुगेको हो । निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म गोलरहित बराबरी खेलेको सहाराले सडन डेथमा ७-६ गोल अन्तरको बिजय हाँसिल गरेसँगै सहाराले १२ वर्षपछि खोला फर्काएको छ । मा १२ औं आहा रारा पोखरा गोल्डक-२०७० सालको… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा

सन्देश श्रेष्ठपोखरा, फागुन ५ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल सकिएसँगै प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको हो । मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तानले प्लानिङ ब्वाईज युनाइटेडलाई १–० ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्यो । यसअघि आयोजक सहारा क्लव पोखरा, जावलाखेल युथ क्लव र ६ पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लवले अन्तिम चारका लागि स्थान सुरक्षित गरिसकेका छन् । फाइनल प्रवेशका… पुरा पढौ

थन्डरबोल्ट सिक्किमलाई हराउँदै मनाङमस्र्याङ्दी आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

सन्देश श्रेष्ठपोखरा, फागुन ५ मनाङमस्र्याङ्दी क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मनाङमस्र्याङ्दी थण्डरबोल्ट नर्थ युनाईटेड क्लब सिक्कीमबिरुद्द १–० को कठीन जित निकाल्दै सहारा क्लव पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो । मनाङमस्र्याङ्दीको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । उनले निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समयको पहिलो हाफको ईञ्जुरी समयमा गोल गर्दै मनाङलाई बिजयी गराए । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा पहिलो र दोस्रो हाफ गोलरहित बराबरी भएको… पुरा पढौ

जाउलाखेल पनि आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

सन्देश श्रेष्ठपोखरा, फागुन ३ जाउलाखेल यूथ क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । जाउलाखेल अपी पावर चर्च ब्वाईजलाई ३–० ले पराजित गर्दै जाउलाखेल सहारा क्लव पोखराले पोखरा रंगशालामा आयोजना गरेको २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा भने जाउलाखेल हाबी भयो । दोस्रो हाफमा आक्रामक रणनीति अप्नाएको जाउलाखेलले दोस्रो हाफ शुरु भएको तेस्रो मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । चर्च ब्वाईजका गोलकिपर… पुरा पढौ

ह्याण्डबलको उपाधि लिटिल स्टेप र प्रगतिलाई

पोखरामा भएको १२ वर्ष मुनिका छात्र तथा छात्रा सहभागि १३औं लिटिल स्टेप ह्याण्डबल प्रतियोगिताको उपाधि आयोजक लिटिल स्टेप र प्रगति स्कुलले जितेका छन् । पोखरा महानगरपालिका–८ स्थित पोखरा लिकंन इन्टरनेशनल र लिटिल स्टेप माध्यमिक विद्यालयले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको आइतबार सम्पन्न भएको फाइनल खेलमा छात्रातर्फ प्रगति स्कुलले गण्डकी बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रतर्फ आयोजक लिटिल स्टेप माविले विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि चुम्न सफल भयो ।छात्रातर्फ माउण्ट अन्नपूर्ण मावि र छात्रतर्फ गण्डकी… पुरा पढौ

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

आईसीसी पुरुष टी(२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए । लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११÷११ रन जोडे । वेस्ट इन्डिजका… पुरा पढौ