खेलकुद

त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी

वैशाख १६ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् । पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पुरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको… पुरा पढौ

‘पोखरा स्पोर्टस् अवार्ड’लाई टाइगर ग्रुपको साथ

वैशाख १६ पोखरा । यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर ग्रुपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये… पुरा पढौ

एसिया कप दुआथलनमा हिमाल र मञ्जु च्याम्पीयन

पोखरा । नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पीयनसीपको उपाधि जितेका छन् । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पीयनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाता प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौड ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै च्याम्पीयन भएका हुन् । ट्रायथलनमा सहभागि भएका अधिकांश विदेशी खेलाडीले मौषमका कारण पोखरा छाडेपछि उनीहरु सहभागि नभएको प्रतिष्पर्धामा नेपालकै नवराज न्यौपानेले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्दै दोश्रो,… पुरा पढौ

एसिया कप दुआथलनको उपाधि हिमाल र मञ्जुलाई

पोखरा, बैशाख १६ नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पीयनसीपको उपाधि जितेका छन् । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पीयनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाता प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौड ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै च्याम्पीयन भएका हुन् । ट्रायथलनमा सहभागि भएका अधिकांश विदेशी खेलाडीले मौषमका कारण पोखरा छाडेपछि उनीहरु सहभागि नभएको प्रतिष्पर्धामा नेपालकै नवराज न्यौपानेले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्दै… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

वैशाख १५ पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने । अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् ।… पुरा पढौ

पोखरामा विद्यालय स्तरिय टी–२० छात्रा क्रिकेट प्रतियोगिता शुरु

वैशाख १५ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट… पुरा पढौ

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको लक्ष्य

आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे ।… पुरा पढौ

एसिया कप ट्रायथलनको उपाधि ईसमेल र ईड्डालाई

पोखरा, बैशाख १४ एसियन ट्रायथलन च्याम्पीयनसीप (एसिया कप) पुरुषतर्फको उपाधि ईजिप्टका सिफेलडिन ईसमेलले जितेका छन् । पोखरामा शनिबार भएको एसिया कप ट्रायथलमा उनले स्विमिङ ९ मिनेट १२ सेकेण्ड, साईक्लिङ २९ मिनेट १४ सेकेण्ड र दौड १६ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । सो स्पर्धामा अष्ट्रेलियाका ब्रुक्लिन हेनरीले स्विमिङ ९ मिनेट १६ सेकेण्ड, साईक्लिङ २९ मिनेट २७ सेकेण्ड र दौड १६ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै द्वितीय, जापानका मिट्सुहो मोचीजुकीले स्विमिङ ८ मिनेट २९ सेकेण्ड, साईक्लिङ २९ मिनेट… पुरा पढौ

लेखनाथमा ब्याडमिन्टन प्रतियोगिता शुरु, १२५ समुह सहभागि

वैशाख १४ पोखरा । कास्की जिल्लाको लेखनाथमा शुक्रबार देखि चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । लेकसिटी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरा ३० को भुगोल पार्कमा शनिबारसम्म चल्ने प्रतियोगितामा विभिन्न उमेर समुहका करिव एक सय २५ सम्ुहले सहभागीता जनाएका छन् । प्रतियोगितामा मेन्स डबल्स ए लेभलको खेल खेलाउने पुर्व योजना भए पनि प्राविधिक रुपले उत्त समुहको खेल भने समावेश गरिएको छैन् । प्रतियोगितामा मेन्स डबल्स सि लेभलमा ६४, मेन्स डबल्स भेट्रान्समा ४५,सुपर भेट्रान्समा १६ र वमेन्स डबल्समा आठ टिमले… पुरा पढौ

पोखरा युपिभिसीद्वारा बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

वैशाख १३ पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले २५ हजार बराबरको १५ सेट क्रिकेट जर्सी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई खेल क्षेत्रमा हौसला दिन जर्सी सहयोग गर्ने उद्योगप्रति धन्यवाद ज्ञापन गरे । साथै बाराही मावि खेल क्षेत्रमा अगाडी नै रहेको दावी गर्दै यस्ता सहयोगले विद्यार्थीमा थप हौसला थपिने बताए । जर्सी हस्तान्तरण गर्दै… पुरा पढौ