सूचना-प्रविधि

विपद् व्यवस्थापनका लागि ‘विपद् पोर्टल’ सञ्चालन

स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद् व्यवस्थापनसम्बन्धी तथ्याङ्कलाई एकरूपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पुर्‍याउने उद्देश्यले ‘विपद् पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनीयर प्रकाश अर्यालले बताए युथ इनोभेसन ल्याब प्रालि काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि… पुरा पढौ

ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ

ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद्सम्बन्धी सूचना एकीकृत रुपमा आदान–प्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको हो। नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली अन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ। सोही बमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले मंगलबारदेखि उक्त पोर्टलको शुभारम्भ गरेको जनाएको छ। यस पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्यांक र सूचना लिन सहज हुने ब्यास नगरपालिकाका विपद्… पुरा पढौ

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइँदैन : काँग्रेस

काठमाण्डौं । नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन नसक्ने उल्लेख गर्दै त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको बताएका छन् । थप व्यवस्था आवश्यक भए पनि वृहत्तर विमर्श बिना, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको काँग्रेसको आरोप… पुरा पढौ

चीनमा बीबीसीको प्रसारणमाथि रोक

चीनले बीबीसी वल्र्ड न्युजको प्रसारण बन्द गरिदिएको छ। बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो। चीनले सो समाचार च्यानलमाथि सिन्जियाङका अल्पसंख्यकहरुको उत्पीडन र कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्। एजेन्सी पुरा पढौ

सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याउँदै

विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसिम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ। सञ्चार तथा प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ। निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्नेछ। सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति रोक्न निर्देशिका ल्याउन लागिएको बताएका हुन्। संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, मन्त्रिपरिषद्को निर्णय… पुरा पढौ

एयरलाइन्सलाई बक्यौता बुझाउन निर्देशन

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षांैदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले रु नौ करोड बक्यौता बुझाउन बाँकी छ । एयरलाइन्सले क्यानलाई बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएकाले पुनः सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका… पुरा पढौ

चीनमा स्कुले विद्यार्थीलाई मोबाइल बोक्न प्रतिबन्ध

चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ। चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो। इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाईमा केन्द्रीत गराउन यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ। कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल्याउनै पर्ने भए अभिभावक र विद्यालयको पूर्वस्वीकृति लिनु पर्नेछ र कक्षामा हुँदा फोन विद्यालय प्रशासनलाई बुझाउनु पर्नेछ। मन्त्रालयले यो प्रतिबन्ध तत्कालै लागू हुने बताएको छ। मन्त्रालयको निर्देशनमा विद्यार्थीको भौतिकदेखि मानसिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको उल्लेख छ।… पुरा पढौ

पोखरामा विद्युतिय अपराधसम्बन्धी सचेतना

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा विद्युतिय अपराध सम्बन्धमा संचेतनामुलक कार्यक्रम सम्पन्न भयो। पोखरा–२, अर्चलवोटस्थित सन्फ्लावर बोर्डिङ स्कुलको व्यवस्थापनमा त्यहाँका कक्षा ९ र १० का विद्यार्थी माँझ कार्यक्रम भएको हो। त्यस अवसरमा साईबर अपराधको परिचय, अपराधका कारण, अनुसन्धान गर्ने निकाय, अनुसन्धानका समस्या, सञ्जालको सुरक्षित प्रयोग र विगतमा देखिएका घटनाक्रमहरुका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए। उनले इन्टरनेटको गलत प्रयोग भई मानसिक पिडा, चरित्र हत्या, हिंसा वा अफवाह फैलाउने कार्य भइरहेको… पुरा पढौ

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौँ। सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । उक्त एन्ड्रोइडमा एपमा आज मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए तापनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण… पुरा पढौ

हुस्सुले उडान प्रभावित

काठमाडौँ। हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये… पुरा पढौ