सूचना-प्रविधि

अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको चिनिया कार्गो रकेट प्रक्षेपण

चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ। लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ। हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ। रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो। चिनियाँ सरकारी समाचार संस्थाहरुका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ। अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष… पुरा पढौ

म्याग्दीमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन… पुरा पढौ

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचना चोरी

भारतको सरकारी विमान कम्पनी एयर इन्डियामा साइबर आक्रमण भएको छ। साइबर आक्रमणबाट विगत १० बर्षमा सो विमान कम्पनीबाट यात्रा गर्ने करिब ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी भएको छ। यात्रु सेवा प्रणालीमा गरिएको आक्रमणबाट सबै यात्रुको नाम, जन्म मिति, राहदानीको विवरण, सम्पर्क नम्बरका साथै बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड लगायतका व्यक्तिगत सूचनाहरु चुहावट भएको एयर इन्डियाले जनाएको छ। बैंकबाट कारोबार गरिएको अवस्थामा सबै पासवर्डहरु परिवर्तन गर्न र नचिनिएका इमेललाई नखोल्न तथा कुनैपनि अन्जान एसएमएस नपढ्न पनि एयर इन्डियानले आफ्ना… पुरा पढौ

चिनियाँ यानद्वारा मंगल ग्रहमा खिचिएका तस्बिर सार्वजनिक

चीनले मंगल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा यान अगाडिको दृश्यमा मंगल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ। आइतवार बिहानै मंगल ग्रहमा चिनियाँ यान सफलतापूर्वक अवतरण गरेको थियो। चिनियाँ यान अवतरणपछि चीन मंगल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ। मंगल ग्रहको उत्तरी गोलाद्र्धमा उत्रिएको ६ पांग्रे सो यानले कम्तीमा उक्त ग्रहमा कम्तीमा ९०… पुरा पढौ

लमजुङमा फेरि पनि भूकम्प जान सक्छ, सतर्कता अपनाऔँ

राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङ जिल्लामा फेरि पनि पराकम्प जान सक्ने बताउँदै त्यहाँको स्थानीय वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्र आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान ५ : ४२ बजेदेखि राति १० ३९ बजेसम्म ४ म्याग्निच्युड भन्दा बढिको ३ पटक र ४ म्याग्निच्युडको २ पटक गइसकेको बताउँदै केन्द्रले अझै पराकम्प आउन सक्ने भन्दै त्यहाँ सजग रहन आग्रह गरेको हो। एकैदिन बुधबार पटक पटक लमजुङ भुलभुलेलाई केन्द्र बनाएर भूकम्प गएको थियो। बुधबार बिहान ५ : ४२… पुरा पढौ

मङ्गल ग्रहमा चीनको पहिलो यान अवतरण

चीनले पठाएको एउटा यानले रातो मङ्गल ग्रहमा अवतरण गरेको छ।  चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ। राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन् । चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलो पटक आफूले विकास गरेको यान अवतरण गराएको छ ।  सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मङ्गल खोज अभियान पूर्ण सफल भएको घोषणा गरेका थिए । रोबोट मङ्गल ग्रहको… पुरा पढौ

४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

स्पेश–एक्स ड्रागनमार्फत् ४ जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा सकुशल फर्किएका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जल क्षेत्रमा अवतरण गरेका छन्। ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए। उनीहरु जल क्षेत्रमा अवतरण गर्नासाथ डुंगामार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो। नासाले सबै ४ अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ। फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु सकुशल अवतरण गरेका थिए। उनीहरुलाई अन्तर्राष्ट्रिय… पुरा पढौ

विश्व प्रेस स्वतन्त्रता दिवस

आज मे महिनाको ३ तारिक अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस। हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइदै आएको छ। त्यस्तै, संचारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा वहस पैरवी गर्दै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झनासहित र सम्मान गर्दै यो दिवस मनाइन्छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ। युनेस्कोको आयोजनामा अफ्रिकी… पुरा पढौ

सूचना विभागको सेवा प्रवाह आइतबारदेखि स्थगित

सूचना तथा प्रसारण विभागले भोली (आइतबार)देखि सेवा प्रवाह स्थगित गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि विभागले शुक्रबार विज्ञप्ति जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो। कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको जनाउँदै विभागबाट प्रदान गरिने पत्रकारको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी÷नवीकरण, अनलाइन संचार माध्यम नयाँ/पुनः दर्ता/नवीकरण… पुरा पढौ

पोखरा लेकसाइडका उत्कृष्ट १० होटललाई पुरस्कार

‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियान अन्तर्गत क्यूआर कोड स्क्यानमार्फत कारोबार गर्ने पोखरा लेकसाइडका उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा ‘नगद छोडौ,ं फोन पे गरौं भन्ने नाराका साथ फोन पे प्रा.लि.सँगको सहकार्य र त्यसमा आबद्ध ५५ बैंक तथा वित्तीय संस्थाको सञ्जालमार्फत चैतको ३१ र वैशाखको १ गते डिजिटल माध्यमबाट ‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियानमा उत्कृष्ट १० होटलहरु पुरस्कृत भएका हुन्। पोखरा र पोखरा क्षेत्रको भ्रमणका लागि पाहूनाहरुलाई आकर्षित गर्न संचालन गरिएको प्रबद्र्धनात्मक… पुरा पढौ