Uncategorized

महेन्द्र गुफादेखि के आई सिंह पुलसम्म फुट ट्रयाक बन्दै

पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा देखि के आई सिंह पुलसम्म नालासहितको फुट ट्रयाक निर्माण हुने भएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट सडकको दुवै भागमा नालासहितको फुट ट्रयाक र साईकल ल्याण्ड निर्माण हुने बताइएको छ। उक्त कार्यको बुधबार महेन्द्र गुफामा प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलन्यास गरे। कार्यक्रममा बोल्दै मन्त्री खड्काले कास्कीको उत्तरी भेगको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। नले निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन… पुरा पढौ

३ महिनापछि अवरुद्ध बेनी–भकिम्ली सडक सञ्चालनमा

जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक ३ महिनापछि बल्ल सञ्चालनमा आएको छ। सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवत–जावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो। पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवत–जावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए। ‘बेनी नगरपालिका र स्थानीयको पहलमा तीन महिनापछि मर्मत गरेर आंशिकरूपमा सडक सञ्चालनमा ल्याउन सफल… पुरा पढौ

कहां गए ति दिन हरु……

शोभा भगवतीको मन्दिर कटेर अजंगको पिपलको चौतारो पार गरेपछि कोठेसाउं(सांघु) तर्न झण्डै पचास वटा सिंढी झर्नु पर्थ्यो ।पिंधमा सालका जब्बर मुढा र माथि बांसको छेकबार भएको कोठेसाउं तरे पछि पहरोमा अड्याईएको हनुमानको मुर्ती पार गर्ने बित्तिकै त्यो बेलाको प्रख्यात साउंमुख बजार प्रारम्भ हुन्थ्यो । त्यही साउंमुख पोखरा प्रबेशको पनि मुख थियो ।साउंमुखदेखि बिन्ध्यबासिनी नजिकको धोबिगौंडा र नालामुखदेखि बगाले टोलसम्मको बजारलाई मात्र “पोखरा” भनिन्थ्यो ।बा आमाहरु त्यही बजार लत्ता कपडा अड्कोपड्को किनमेल गर्न जानुलाई पोखरा जाने भन्थे । अड्डा अदालत,गोश्वारा,थाना जेल,… पुरा पढौ

सहारा क्लबको वार्षिकोत्सवः आज रक्तदान गर्दै

सहारा क्लबले आफ्नो २४ औं वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवको अवसरमा आज (बुधबार) क्लबले पोखराको पृथ्वीचोकस्थित आफ्नै कार्यालय परिसरमा रक्तदानको कार्यक्रम रहेको क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताएका छन्। वार्षिकोत्सवकै अवसरमा क्लबले हिँजो (मंगलबार) पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा सरसफाई गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए। पोखरा–९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे। पोखरा महानगर सरसफाई शाखाका नासु हर्क गायकसहितको टोलीको सहभागिता रहेको सरसफाई अभियानमा पृथ्बीचोक बसपार्क टोल विकास संस्था, सत्यश्वर आमा… पुरा पढौ

भटमासफाँटबाटै भटमास हराउने चिन्ता

गण्डकी । गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीको कालो भटमास भन्दै अहिले पनि पोखरा आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । विडम्बना उक्त फाँटमा भने प्राचीनकालदेखि फल्दै आएको कालो भटमास अहिले पाउन मुस्किल भइसकेको छ । पछिल्ला वर्षमा कृषिप्रतिको बढ्दो अनिच्छासँगै यहाँको कालो भटमास नाममा मात्रै सीमित बन्ने चिन्ता बढेको स्थानीयवासी सरस्वती कुमाल बताए । पछिल्ला वर्षमा धेरैले खेती गर्न छोडेका कारण यस क्षेत्रमा भटमासका साथै बोडी, मास आदि पनि कम हुँदै गएको उनको भनाई छ । अधिकांश स्थानमा भटमास खेती… पुरा पढौ

१०९ औँ बीपी जयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज (शुक्रबार) देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुन:स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा… पुरा पढौ

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ। यसअघि, नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो। बेनी नगरपालिकामा १० वटा वडा छन्। सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गर्भनरनेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए। ‘सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौँ,’ उनले भने, ‘हरेक… पुरा पढौ

विद्युतको लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी

गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कदा छोरालाई देख्दिनन् । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उनलाई केही छिनमा कसैले ‘तिम्रो छोरोलाई करेन्ट लाग्यो, बेहोस भएको छ,’ भनेर फोन गरिदिन्छ । यो खबरले उनी अर्धचेत अवस्थामा पुगिन् । त्यसपछि छोरालाई चार महिना काठमाडौंको अस्पताल भर्ना गरियो । पछि फूलमाया छोरासँगै कुश्मा फर्किएकी… पुरा पढौ

इथियोपियामा पुन: हिंसा बढ्यो, संयुक्त राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुन: हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्, ‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दु:खी तुल्याएको छ, म स्तब्ध भएको छु । गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।’ उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्तिवार्ताका लागि पनि जोड दिएका छन् । तर, वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका… पुरा पढौ

राइट फर चिल्ड्रेनको युवा महिला रोजगार परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

पोखरा । प्लान इन्टरनेशनल नेपाल र राईट फर चिल्ड्रेनको सहकार्यमा संचालित पोखरामा युवा महिला रोजगार प्रवर्द्दन परियोजनाको आयोजनामा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा २६ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । राईट फर चिल्ड्रेनका कार्यकारी निर्देशक अनिल पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।पोखरामा युवा महिला रोजगार प्रवर्दन परियोजना अन्तरगत संस्थाले आर्थिक/सामाजिक रुपमा पिछडिएको ,दलित, जनजाती समुहका महिला, एकल महिला, घरेलु हिंसामा परेका, सुधार गृहबाट फर्केका, भूमिहीन वा द्वन्द्ध पीडित किशोरी/महिला , विगतमा यस्ता खालको तालिमका अवसर नपाएका… पुरा पढौ