Uncategorized

आजबाट वाइसीएलको राष्ट्रिय भेला, ६०० प्रतिनिधि सहभागी हुँदै

आजबाट वाइसीएलको राष्ट्रिय भेला, ६०० प्रतिनिधि सहभागी हुँदै नेकपा (माओवादी केन्द्र)को सहायक युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आज (शुक्रबार) बाट सुरु हुँदैछ। ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आजदेखि भेला सुरु हुन लागेको हो। भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिएका छन्। भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं… पुरा पढौ

भदौ २५ गते लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन

गोरखाको प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटबाट गोरखा दरबारसम्म म्याराथन दौड हुने भएको छ। ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ भदौ २५ गते लिगलिगकोट–सिरानचोक– गोरखा दरबार खुला म्याराथन दौड हुने भएको हो। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो। लिगलिगकोटबाट सुरु हुने दौड चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेपेटार,पस्लाङ चौतारो हुँदै ४० किलोमिटर पूरा गरी गोरखा दरबारको हनुमान भञ्ज्याङमा पुगेर टुंगिने गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगरले बताएका छन् । चार सय ६३ वर्ष पहिले… पुरा पढौ

मुस्ताङमा पहिलो पटक शल्यक्रियामार्फत सुत्केरी गराइयो

गण्डकी प्रदेश अन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यक्रियामार्फत सुत्केरी गराइएको छ । जिल्ला अस्पतालमा बुधबार मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । परियारले शल्यक्रियामार्फत दुई केजी आठ सय ग्राम तौलको छोराको जन्म दिएकी हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीले अस्पताल सञ्चालनको ३८ वर्षपछि पहिलोपटक शल्यक्रियामार्फत सुत्केरी सेवा सुरु भएको जानकारी दिए । उनका अनुसार कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र… पुरा पढौ

पोखरेली गुरुङ समुदायले मनाए ट्होटें पर्व

पोखरा । पोखरामा गुरुङ समुदायले धूमधामका साथ ट्होटें पर्व मनाइएका छन् । पोखराको मानवअधिकारचोकबाट मंगलबार परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ठूलो पर्वमध्येको एक ट्होटें पर्व मनाइएको हो ।ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शनसहित पर्व मनाएका हुन् । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ । चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार गरि दुईपटक उधौली र उभौलीको रूपमा… पुरा पढौ

बढ्यो सुनको मूल्य , चाँदीको स्थिर

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार… पुरा पढौ

रियल मड्रिडलाई सुपर कपको उपाधि

रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाए । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबैले दोस्रो हाफमा एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल गरेका छन् । उनी… पुरा पढौ

उत्तर कोरिया युक्रेन युद्धका लागि रुसलाई एक लाख स्वयंसेवक दिन तयार !

उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्ध लड्नका लागि सहयोगस्वरूप एक लाख स्वयंसेवक उपलब्ध गराउने प्रस्ताव गरेको छ । न्युयोर्क पोस्टका अनुसार रुसी च्यानल वनमा प्रशारण हुने एउटा बहस कार्यक्रमका प्रस्तोता इगोर कोरोत्चेन्कोले एक लाख उत्तर कोरियाली स्वयंसेवक युक्रेनी युद्धमा भाग लिन तयार रहेको खबर प्राप्त भएको जनाएका छन् । युक्रेनको राजधानी किभसहित अन्य महत्वपूर्ण भाग कब्जा गर्ने प्रयासमा असफल भएपछि रुसी फौज हतोत्साहित र थकित अवस्थामा पुगेको अवस्थामा उत्तर कोरियाली स्वयंसेवकको प्रस्ताव गरेको खबर बाहिरिएको हो । केही सुत्रले युद्धको दौरान अहिलेसम्म… पुरा पढौ

तनहुँमा थपिए ७०५४ नयाँ मतदाता

तनहुँ जिल्लामा ७ हजार ५४ नयाँ मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानबाट ती मतदाता थपिएका हुन्। सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिएका छन्। मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म ३ हजार ४ सय १२ महिला र ३ हजार ६ सय ४२ पुरुष थपिएका छन्। त्यस्तै, बाहिरी जिल्लाका ३ सय ६० मतदाताले तनहुँबाट मतदाता नामावली दर्ता… पुरा पढौ

प्रदेश सरकार–यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

यातायात व्यवसायीहरुले आज (आइतबार)देखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता भएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासँग यातायात व्यवसायीबीच शनिबार छलफल भएपछि यातायात व्यवसायी आफ्नो आन्दोलनबाट पछि हटेका हुन् । यातायात व्यवसायीका मागका सम्बन्धमा आवश्यक निर्णय गर्न प्रदेशका मुख्यमन्त्री, विषयगत मन्त्रालयसँग वार्ता र संवादको माध्यमबाट तत्कालै छलफल गरिने भएपछि व्यवसायी आन्दोलनबाट पछि हटेका हुन् । छलफलमा… पुरा पढौ

कार्ल माक्र्सका अन्तरंग मित्र एङ्गेल्स

कार्ल माक्र्स र एङ्गेल्सकोबीच यस्तो मित्रता थियो कि, जसको बिश्वमा कुनै उदाहरण पाइँदैन । माक्र्स स्वयं त्यो मित्रतालाई युनानी पौराणिक कथाहरूमा वर्णित साथीत्व जस्तो मान्नुहुन्थ्यो । यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म करीब एङ्गेल्सले नै ज्यादा त्याग , सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकहरुले माक्र्सद्वारा एङ्गेल्सको लगातार भावनात्मक, बैचारिक र आर्थिक शोषण पनि भन्थे । तर, जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बुढेसकालसम्म निरन्तर निर्वाध र सदाबहार रुपले जारी रह्यो, जसको निश्चल आवेग सधैं बनिरह्यो । माक्र्सको… पुरा पढौ