Uncategorized

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित पहिलो भएको हो। प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले ५ स्वर्ण, ५ रजत र २ कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन्। यस्तै, २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले ४ स्वर्ण, ७ रजत र १२ कास्य प्राप्त गरेको छ। प्रतियोगितामा चितवनकै माडी… पुरा पढौ

पोविविको कलेज स्कूल अफ बिजनेसलाई क्युएए

पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसले क्युएए प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोग, नेपालबाट विश्व विद्यालयको आंगिक कलेज स्कूल अफ बिजनेसले हालैमात्र क्युएए प्राप्त गरेको हो। पुरा पढौ

गण्डकी प्रदेश सरकारसमक्ष यातायात व्यवसायीको माग

यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले सवारी साधनमा करको दायरा बढाएको भन्दै गण्डकी प्रदेश सरकारसमक्ष माग राखेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेश कमिटिले प्रदेशको अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्का समक्ष माग राखेको हो। नेपालको सार्वजनिक यातायातलाई चलायमान बनाउन उपयुक्त आयात नीति, संचालन विधि, समयानूकुल विधिको प्रयोग गरी यातायात क्षेत्रलाई मर्यादित तथा यात्रुमैत्री बनाउन प्रदेस सरकारसमक्ष यातायात व्यवसायीहरुको माग छ। व्यवसायीहरुले सार्वजनिक यातायातमा बृद्धि गर्न लागेको करको सूचकहरुलाई परिमार्जन गर्न प्रदेशको अर्थमन्त्री बराल… पुरा पढौ

बेँसीसहर–चामे सडक बन्द

बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ। यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आइतबार बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताएका छन्। उनले भने, ‘बेँसीशहर चामे सडक खण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो सडक रहेकाले ढलान गर्नका लागि सवारीसाधन पूर्णरुपमा बन्द गरिएको छ।’ उक्त गाउँपालिकाको विभिन्न ठाउँमा उक्त आयोजना कार्यालयमार्फत ठेक्कामा ढलान कार्य भइरहेको छ। गाउँपालिकाले ढलान सहज रुपमा गर्नका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएकामा… पुरा पढौ

पर्वत फलेवासको नगरसभा हुन सकेन

पर्वतका सात स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन्। तर, फलेवास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन। फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो। नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो। नगर प्रमुख गंगाधर तिवारीले कार्यपालिकाको बैठकमा… पुरा पढौ

दक्षता बढाउन तालिम जरुरि – कास्की समन्वय प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्य दक्षता बढाउन तालिम एबम प्रशिक्षण अति आबश्यक भएको बताएका छन् । पौडेलले जुनसुकै कार्यमा पनि ज्ञान अति आबश्यक तत्व भएको भन्दै दक्ष जनशक्ति उत्पादनमा ज्ञानको महत्वपूर्ण भूमिका हुने र सो को लागि समाजका जुनसुकै तह र तप्कामा कार्यरत व्यक्तिहरुलाई आवधिक तालिम प्रशिक्षण संचालन गर्ने नीति लिनु पर्न बताएका छन् । प्रमुख पौडेलले सो कुरा पोखरा महानगरपालिका वडा न २२ को आयोजना र पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनीकरण परियोजनाको समन्बयमा… पुरा पढौ

शुभकामना गोल्डकपको फाइनलमा एभिनियर र हेम्जा युनाइटेड भिड्दै

पोखरा । पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् । हेम्जा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ । हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । शुक्रबार फाइनल खेल अघि गरिएको पत्रकारसम्मेलनमा बोल्दै आयोजक हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले आफुहरुले एभिनियर क्लबसंग नै… पुरा पढौ

प्रजातन्त्रवादी नेत्री सुची नजरबन्दबाट एकान्त काराबासमा

भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुची लाई एकान्त कारावासमा सारिएको छ। आपराधिक कानुन बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन्। सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुअरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो। लोकतन्त्रका निम्ति गरेको अनवरत संघर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुचीमाथि सैनिक सरकारले मतदानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट… पुरा पढौ

९१ वर्षीय मिडिया टाइकुन मर्डोकले पारपाचुके गर्दै

मिडिया टाइकुन रुपर्ट मर्डोक र अभिनेत्री जेर्री हलले सम्बन्ध विच्छेद गर्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्। ९१ वर्षीय मर्डोकको जीवनमा पत्नीसँगको यो चौथो पारपाचुके हो। ६५ वर्षिया हल यसअघि लामो समयसम्म चर्चित सांगीतिक समूह रोलिङ स्टोन्सका फ्रन्टम्यान मिक ज्यागरकी पार्टनर थिइन्। सन् २०१६ मा बेलायतको राजधानी लन्डनको मध्यभागमा रहेको एउटा चर्चमा विवाह बन्धनमा बाँधिएका मर्डोक र हलका प्रतिनिधिहरूले पारपाचुकेका सम्बन्धमा कुनै टिप्पणी गरिसकेका छैनन्। दि न्युयोर्क टाइम्सका अनुसार यस परिवार निकटका व्यक्तिहरू उनीहरूको सम्बन्ध विच्छेदको कुराबाट आश्चर्यचकित बनेका छन्।… पुरा पढौ

४ खेल पत्रकारलाई एनओसी अवार्डको सम्मान

नेपाल ओलम्पिक कमिटीले ४ जना खेल पत्रकारलाई सम्मान गरेको छ। ओलम्पिक दिवसको अवसरमा एनओसीले खेल पत्रकारलाई एनओसी अवार्ड प्रदान गरेको हो। बीबीसीका निरन्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरेका छन्। कान्तिपुर दैनिकका पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गरे। यसैगरी, राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गर्दा कान्तिपुर टेलिभिजनकी सबिना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गरिन्। अवार्ड प्राप्त गर्ने सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। एनओसीले पहिलो पटक अवार्ड… पुरा पढौ