Uncategorized

त्रिवि अन्तर्गतका स्कुल तथा क्याम्पसहरुमा पढाई सञ्चालन गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफू मातहतका स्कुल तथा क्याम्पसहरुमा अध्ययन÷अध्यापन सञ्चालन गर्ने निर्ण गरेको छ । त्रिवि कार्यकारिणी परिषदको बैठकले आफू मातहतका सबै स्कुल तथा क्याम्पसहरुमा नियमित रुपमा अध्ययन÷अध्यापन गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिनादेखि अध्ययन÷अध्यापन रोकिएको थियो । सो रोकिएको अध्ययन÷अध्यापनलाई निरन्तरता दिने निर्णय भएको त्रिविका रेक्टर प्रा।डा। शिवलाल भुसालले बताए । ‘त्रिवि परिषदले स्कुल तथा क्याम्पसहरु सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र… पुरा पढौ

कोभिड – १९ को असर : लेकसाइड सुनसान, आसपास भरिभराउ

कोरोना महामारीले हरेक क्षेत्रमा उस्तै प्रभाव पारेको छ । अझ पर्यटन क्षेत्रमा यसको असर बढी देखिएको पाइन्छ । पोखरा पर्यटकीय शहर, पोखराको सुन्दरतादेखि बन्दै गरेको अन्तराष्ट्रिय एयरपोर्टले गर्दा पनि यस क्षेत्रका अधिकांश व्यवसायीले पर्यटन क्षेत्रमा लगानी गरेका छन् । यसैबीच कतिलाई लगानी डुब्ने चिन्ताले सताएको छ भने कति ले ‘पर्ख र हेर’ को अवस्थामा बसेका छन् । लेकसाइड अधिकांश पर्यटकको रोजाइको स्थल हो । फेवातालको सुन्दरता र तालको बीचमा माछापुच्छ्रेको मनमोहक छायाँको दृश्यले जो कोहीलाई मोहित बनाउँछ ।कोरोना कहरले सुस्ताएको… पुरा पढौ

के हो बायो सेन्सर ?

क्यामराले खिचेको फोटो/भिडियोलाई मेमोरी कार्डले सुरक्षित राख्छ । आखाँले देखेका कुराहरुलाई दिमागले सुरक्षित राखे जस्तै बैकं तथा संग्रहालयमा महङ्गो वस्तुलाई चोरीवाट जोगाउनका लागि कसैले छोए थाहा पाएर कराउने अलार्म राखिएको हुन्छ । छालाले छोएको थाहा पाए जस्तै दुग्धमा पानी मिसिएको छ कि छैन ? भनेर ल्याक्टोज मिटरले थाहा पाउँछ । जिब्रोले स्वाद थाहा पाए जस्तै । हाम्रो शरीरलाई प्राकृतिक रुपमा ५ इन्द्रियहरु प्राप्त भएका छन् – आँखा, नाक, कान, जिब्रो र छाला । यी ५ इन्द्रियहरुलाई आधार मानी गरिएको अध्ययन… पुरा पढौ

स्मृतिमा सूर्यबहादुर केसी(सन्दर्भ: १३औं दिनको पुण्य तिथि)

सूर्यबहादुर केसी । नाम जस्तै कुनै एक क्षेत्रमा मात्र नभई विविध क्षेत्रमा उस्तै उज्यालो प्रकाश दिन सक्ने एक क्षमतावान् व्यक्तिका रुपमा परिचित नाम हो ।सूर्यबहादुर अर्थात सिताराम केसी भन्ने बित्तिकै सम्झनामा आउने भनेको रारा चाउचाउका उत्पादक, पोखरा नगर पन्चायतको प्रधान पन्च, प्रतिनिधि सभाका सभासद्, प्रतिनिधि सभाका सांसद, हाइड्रोका अभियन्ता,माछापुच्छ्रे बैंकका प्रोमोटर ,बिकासप्रेमि, अनि दानबीर समाजसेवि आदि आदि....। हर कुनै कठिन र असहज अवस्थामा पनि सहजताको बाटो पहिल्याएर आफूलाई निरन्तर हिडाउन सफल बहुआयामिक व्यत्तित्वको रुपमा आज धेरैले सूर्यबहादुर केसीलाई स्मरण गरिरहेका… पुरा पढौ

स्वास्थ्य र गरिबीको नियति

आज भन्दा ३५ वर्ष पहिले वि.सं. २०४१ सालमा नेपालीहरुको सरदर आयु ५० वर्ष थियो भने २०७६ सालको तथ्यांक अनुसार नेपालीहरुको सरदर आयु ७० वर्ष नाघेको छ । नेपालीहरुको स्वास्थ्यमा सुधार हुनुको प्रमुख कारण बालड मृत्युदरमा उल्लेखनिय प्रगति, दुर्गम भेगमा स्वास्थ्य चौकी लगायत अस्पतालको निमार्ण र आवश्यक जनशक्तिको उपलब्धता, स्वास्थ्य प्रबिधिमा सुधार आदि रहेका छन् ।छोटो अवधिमा स्वास्थ्थ क्षेत्रमा उल्लेखनिय प्रगति गर्नका लागि सरकारी र पछि आएर निजि क्षेत्रको योगदान भएतापनि अझै पनि सुगम र दुर्गम भेगमा स्वास्थ्य स्तरको खाडल निकै… पुरा पढौ

कोभिड १९ : संस्था व्यवस्थापनमा चुनौती

पोखरा, २४ कात्तिकपोखरामा विभिन्न संघ संस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका व्यवस्थापकहरुले कोेभिड –१९ का कारण स्रोत साधन व्यवस्थापन लगायत विविध कुरामा समस्या झेल्नु परेको बताएका छन् ।कोपिला नेपालद्वारा कोभिड– १९ले संस्थाका म्यानेजरहरुको काममा ल्याएका चुनौतीहरुका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सिमित स्रोत साधनबाट कर्मचारीको सेवा सुविधा, सुरक्षादेखि थुप्रै कुराको व्यवस्थापन अहिलेको समयमा निकै चुनौती भएको बताएका हुन् ।विकास नेपालका अध्यक्ष बुद्धिबहादुर थापाले संस्थाका पूर्व निर्धारित सबै कार्यक्रमको ढाँचानै बदल्नु पर्नेदेखि कर्मचारी व्यवस्थापनको समस्या रहेको धारणा राख्नुभयो । उहाँले केही कर्मचारी… पुरा पढौ

ज्येष्ठ नागरिक निःशुल्क उपचार कोष स्थापना

विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज सो कोष स्थापनाको घोषणा गरेको हो । कोष स्थापनाको शुभारम्भ गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफूले एक महिनाको तलब त्यसमा राख्ने घोषणा गरे । नेपाली काँगे्रसको नेता समेत रहनुभएका सिंहले गणेशमान ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क स्वास्थ्यलगायत सेवा दिनुपर्ने पक्षमा रहनुभएकाले अस्पताल यो सेवा शुरु गर्दा… पुरा पढौ

कोरोनाको कहर , उपचारमा सकस

विश्व महामारीको रुपमा फैलिएको कोरानालाई २४ दिनमा परास्त गरे पछि मुटुरोगी पोखराका फोटो पत्रकार राम गुरुङले दोस्रो जीवन पाएको अनुभुति गर्नुभयो । गुरुङले सुन्नु भएको थियो “कोरोना संक्रमण ज्येष्ठ नागरिक र दीर्घरोगीहरुमा छिटो सर्छ र निको हुन गाह्रो हुन्छ ।” आफुले १४ वर्ष अघि मुटुको भल्भ फेरकाले पनि उहाँ कोरोनाबाट जोगिन हरदम प्रयासरत हुनुहुन्थ्यो । जोगिँदा जोगिदै पनि उहाँ संक्रमित हुन पुग्नुभयो । (कन्ट्रयाक्ट ट्रेसिङमा) पछि उहाँमा केही लक्षण देखियो र स्वाब परीक्षण गराउँदा पोजेटिभ आयो । “एकछिन संसार नै… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाले मृत्यू भएका १०० मध्ये आधा पोखराको

पोखरामा हालसम्म ३ हजार १ सय ८ जना कोरोनाबाट संक्रमित भएका छन् । पोखरामा कात्तिक २० गतेसम्म सो संख्यामा कोरोनाबाट संक्रमित भएको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार हाल १ हजार ९ सय ५६ जना सकृय संक्रमित रहेका छन् भने १ हजार १ सय २ जना कोरोना संक्रमित निको भएका छन् । कोरोनाबाट गण्डकी प्रदेशमा मृत्यू भएको १०० जना मध्ये ठ्याक्कै आधा अर्थात ५० जना पोखराका रहेको महानगरपालिकाको विवरणमा उल्लेख छ । महानगरपालिकाका अनुसार हालसम्म वडा नम्बर १ मा… पुरा पढौ

पोखरामा फर्निचर उद्योगमा आगलागि

पोखरामा शुक्रबार विहान एक फर्निचर उद्योगमा आगलागि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कञ्चनटोलस्थित होमसेन्टर फर्निचर उद्योगमा आगलागि भएको हो । स्थानिय सुनिलप्रसाद घिमिरेले सञ्चालन गरेको सो फर्निचर उद्योगमा विहान ४ः३० बजे अचानक आगलागि शुरु भएको र प्रहरी, स्थानिय र दमकलको सहयोगमा ५ः२० मा आगो नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागिको कारण र क्षेतिको विवरण आउन बाँकी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ