दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा गरी चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण गरेको हो । कृषिबाली संरक्षण कार्यक्रमअन्तर्गत धानबालीमा लाग्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले राससलाई जानकारी दिए । उनले भने, “धानबालीमा विभिन्न रोगको प्रकोप आउँछ, फड्के किराको प्रकोप, गवारोको प्रकोप, पतेरोको प्रकोपलगायतका समस्या आउँछन्, त्यस्तो प्रकोप नियन्त्रणका लागि पालिकाले योजना बनाएर काम गरिरहेको छ ।”…
पुरा पढौ