मनोरञ्जन

आज पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ–२०८२ हुँदैं, कुन्ती मोक्तानको विशेष प्रस्तुती रहने

पोखरामा आज (शुक्रबार) अरुणा लामा–तारादेवी स्मृति साँझ–२०८२ आयोजना हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा आज अरुणा लामा–तारादेवी स्मृति साँझको चौथो संस्करण हुन लागेको हो । स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर आज अपरान्ह गरिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ १० गते स्मृति दिवस हो ।… पुरा पढौ

मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङलाई

मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् ।बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस व्युटी विथ परपोज सहित फस्र्ट रनरअप सोममाया… पुरा पढौ

पोखरामा ‘कुमारी’को भव्य कन्सर्ट, दर्शकको उत्साहले देखायो सफलताको संकेत

दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील सहभागिताले कार्यक्रमलाई विशेष बनायो।कन्सर्टका क्रममा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ले पोखरेली दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्र निर्माणका अनुभव, पात्रको यात्रा र ‘कुमारी’ले बोकेको भावनात्मक सन्देशबारे खुलेर चर्चा गरे । पछिल्लो समय टिकटकमा भाइरल बनेको कुमारीको गीत “डोको बुन्ने” मा झुम्दै उनीहरुले… पुरा पढौ

एकसाथ ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’प्रदर्शनमा

माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएको छ । माघेसङ्क्रान्तिलाई लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै चलचित्रका निर्माता तथा निर्देशकले चलचित्रले दर्शकको साथ पाउने अपेक्षासहित चलचित्र प्रदर्शनमा ल्याएका हुन् । यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन् । चलचित्र ‘भाइरल गोर्खे’को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको छ । सामाजिक सञ्जालको बढ्दो दबदबाबीच ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने अभिनेता सौगात मल्लले बताए । ‘भाइरल… पुरा पढौ

माघे सङ्क्रान्तिमा बिहिबार अनदु, ढुंगेपाटनमा चङ्गा चैट कार्यक्रम आयोजना हुने

पोखरा । नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ माघे (मकर) सङ्क्रान्तिको अवसरमा पोखराको विश्व शान्ति स्तुपा परिसरमा चङ्गा च्याट कार्यक्रम आयोजना हुने भएको छ। घुमन्ते परिवारको सहकार्यमा Kites Nepal को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा काठमाडौँबाट अनुभवि तथा वरिष्ठ चङ्गा उडान गर्ने “काइट फाइटर्स” सहित पोखराका स्थानीय/वयस्क युवाहरूको सक्रिय सहभागिता रहने कार्यक्रमका संयोजक आकाशकुमार बज्राचार्यले बताएका छन् । कार्यक्रम माघ १ गते बिहिबार (जनवरी १५, २०२६) पोखरा महानगरपालिका–२२, अनदु ढुंगेधारामा दिनको ११:३० बजेदेखि सुरु हुने घुमन्ते सदस्य… पुरा पढौ

सशस्त्रका इन्स्पेक्टर पृथ्वी खनालको क्रिकेट गीत सार्वजनिक

पोखरा । आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन गइरहेको टी–२० पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई. पृथ्वीन्द्र खनाल (पृथ्वी) को शब्द तथा संगीतमा तयार भएको क्रिकेट गीत “नमस्ते नमस्कार” सार्वजनिक गरिएको छ। “सुन्दर हिमाली राष्ट्र नेपालको क्रिकेट गान (Cricket Anthem of Himalayas)” नाम दिइएको यस म्युजिक भिडियोले नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति समर्थन, उत्साह र हौसला व्यक्त गर्दै खेलाडी तथा समर्थकहरूमा आत्मविश्वास, देशभक्ति र जोशपूर्ण भावना जगाउने लक्ष्य लिएको छ। कथाकार… पुरा पढौ

चलचित्र ‘शिवांश: च्याप्टर वान’को टिजर सार्वजनिक

चलचित्र ‘शिवांश: च्याप्टर वान’को टिजर सार्वजनिक भएको छ । फागुन ३ गते परेको महाशिवरात्री पर्वको अवसर पारेर फागुन १ गते रिलिज हुने चलचित्रको टिजर निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको हो । निर्माण टिमले यसअघि कात्तिक २७ गते रिलिज डेट तोकेको थियो । ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजरमा चलचित्रका मुख्य कलाकार प्रवीण खतिवडा छन् । उनी सन्तको भूमिकामा देखिएका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । पोखरेली… पुरा पढौ

‘मृत्यु यस्तो हुनु हुँदैन’नाटक पोखरामा मञ्चन हुँदै

पद्माप्रेम थिएटरको प्रस्तुति रहेको ‘मृत्यु यस्तो हुनु हुँदैन’नाटक पोखरामा मञ्चन गरिने भएको छ । बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडामा केन्द्रित भएर तयार पारिएको नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’यही पुस २४ गतेदेखि २७ गतेसम्म पोखरा नाटक घरमा प्रर्दशन गर्ने तयारी भई रहेको छ । पद्माप्रेम थिएटरको प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको नाटक हरेक दिन एक सो साँझ ५ बजे तथा शनिबार दिउँसो १ र साँझ ५ बजे गरी दुई सो गरी पाँच सो देखाईने पोखरा थिएटरका संस्थापक एवं निर्देशक पञ्चसुब्बा… पुरा पढौ

पोखरामा पौष १२ मा नवौं संस्करणको दीप साँझ हुने

अंग्रेजी नयाँ बर्षको पुर्व सन्ध्यामा पोखरामा दीप साँझ २०८२ हुने भएको छ । “संगीत समुदायको लागि र सद्भावको लागि” भन्ने उद्धेश्य सहित नवौं संस्करणको दीप साँझ यही पौष १२ गते पोखरा १६ दीप चोकस्थित मनिपाल कलेज रोडमा संचालन हुने कार्यक्रम संयोजक राजेश गुरुङ राजुले जानकारी दिए ।दीप युनाईटेड क्लव मातहतको दीप युनाईटेड परिवारको आयोजनामा साँझ ५ बजेपछि शुरु हुने कन्सर्ट करिब ५ घण्टासम्म हुने उनले जानकारी दिए । नेपाली पन जोगाउँदै संगीत मार्फत सद्भाव कायम गर्न कार्यक्रम आयोजना गरिएको संयोजक… पुरा पढौ

पोखरेली गायक हिमलालको ‘रातो रिवन’ सार्वजनिक(भिडियो सहित)

पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको गीत ‘रातो रिवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। पौडेलको स्वर र शब्द रचना रहेको म्युजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो।शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्राध्यापक शिव त्रिपाठीले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै उनले लोक लयमा आधारित पप संगीत सुस्ताएको समयमा ‘रातो रिवन’ संजीवनी बनेर आएको बताए। उनले गीत सिर्जनामा मात्र नभई स्वर र अभिनयमा पनि सर्जक पौडेल अब्बल रहेको भन्दै प्रशंसा गरे। प्रतिष्ठानका… पुरा पढौ