पत्रकार घर्ती मगर र पुनको ‘दशैँ आयो तिहारै आयो’ यूट्यूवमा


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित




पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमी पुन ओलीले ‘दशैँ आयो तिहारै आयो’ गीत बजारमा ल्याएका छन् । गीतलाई हालसालै यूट्यूव च्यानल ‘टुडे पोखरा’बाट सार्वजनिक गरिएको छ ।लय र शब्द सुरेश गन्धर्वको रहेको सो गीतमा पत्रकारसमेत रहेका गायक घर्ती मगर र गायिका पुन ओलीको स्वर रहेको छ । केशव बडुले एरेन्ज तथा बिपिन खड्काले सम्पादन गरेको गीतको म्यूजिक भिडियोमा दीपक बस्नेत र शिशिर कंडेलको कोरियोग्राफी गरेका छन् । त्यस्तै म्युजिक भिडिओको छायाङकन नरसिङ्ग चौधरीले गर्नुभएको छ । ‘झ्याउरे लयमा बनेको गीत राम्रो भएको छ,’–गायक तथा पत्रकार घर्ति मगरले भने । गीतको म्यूजिक भिडियोको निर्देशनपनि गायक तथा पत्रकार घर्ती मगरले नै गरेका छन् । उनले अघिल्लो गीतलाईजस्तै यो गीतलाई दर्शकले मन पराउनेमा घर्ती मगर आशावादी छन् । घर्ती मगरले यसअघी कौरा एवम् झ्याउरे लयमा गीत ल्याईसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।