प्रकटका ५ मुक्तक


     प्रकट पगेनी ‘शिव’    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित




(१)

दशैं बोकि सयपत्री तिहार लिइ आंउछ ,
घर घरमा मालश्री र भैलोको गीत गाउंछ ।
परदेशीको आगमनमा स्वदेशीको हर्ष,
यस्तै रित चल्दै जाओस् महिनौं बर्ष बर्ष ।

(२)
साॅंझ बिहान पठाउथें सम्झनाका रंग,
खै किन हो कहिले देखि भयौ मोहभंग ।
सम्झे पनि पठाउन्न दिकदार गर्दिनॅं भो,
बरु आफै रमाउॅंला एक्लै आफूसंग ।।

(३)
आंशु अलग छन्, पासो अलग छन् ,
तिरस्कार र प्रेमिल नासो अलग छन् ।
दोधारमा छ यो जीवन र मृत्यु,
आलिंगन या डोरि पासो अलग छन् ।

(४)
तिमी थियौ फूल थिए आफ्नो भन्ने आश थियो,
नभेटेनि भेट्ने एउटा नजानिदो प्यास थियो ।
म एक्लैले एक तर्फि माया गर्दा के हुन्छ र?
भन्नै पर्दा नभनेरै तिम्रो दिलमा बास थियो ।
(५)
तिमीसंगै छ यो दिल मेरो भन्न सक्दिनौ ।
को आफ्नो हो को हो पराई गन्न सक्दिनौ ।
आंउछन् होला यादहरु तॅंछाड्मछाड् गर्दै
प्रकट कोहि होइन भनि भन्न धन्न सक्दिनौ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।