कात्तिक १३ पोखरा । भिटेनको उपनामले चिनिने ¥यापर समीर घिसिङको नयाँ र्याप ‘पारा’ यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा रहेको साँझबाट हराएको छ ।
घिसिङले आफ्नै यूट्यूव च्यानल भिटेन म्युजिकमा मार्फत एक साता अघि पोस्ट गरेको ‘पारा’ आज साँझ एकाएक हराएको हो ।
¥यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडिओ बिहीबार प्राइभेट गरेका हुन् ।
भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।
एक वर्षअघि पनि आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको विषयमा उनी विवादमा परेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






