(१)
म आँशुमा डुब्दै गर्दा, तिम्रो जीवन पुरा भयो
तिमी चढ्दा डोली माथी, धेरैथरी कुरा भयो ।
कोही कोही जिन्दगीलाई, दाँज्ने गर्छन् फूल सँग
आफ्नो भने लाउन खोज्दा, फूटीजाने चुरा भयो ।।
(२)
अतित सम्झेर छुक्छुकाएँ, अनि मुस्कुराएँ
रहरमै वाल्यकाल गुमाएँ, अनि मुस्कुराएँ ।
एउटा सानो प्रेमकुञ्ज बिच, यसै सुस्ताउँदा
ति ढुङ्गालाई नि फूल देखाएँ, अनि मुस्कुराएँ ।।
(३)
उस्तै छ दिन, यो साल उस्तै छ
मेरो मनको, पर्खाल उस्तै छ ।
उस्तै हो सबै, नयाँ भन्नु मात्र
मृत्यु फरक, तै काल उस्तै छ ।।
(४)
ऊन्का रुप रङ्ग तिमी, देखेपछी छक्क पर्छौ
ति वैंशालु अङ्ग तिमी, देखेपछी छक्क पर्छौ ।
ठान्दोहौला हिजो जस्तै, अस्ति कोल्टे फेरीसकी
फेरीएका ढङ्ग तिमी, देखेपछि छक्क पर्छौ ।।
(५)
एउटी केटि यस्ती छे यार, थर्काएर कुरा गर्छे
कहिले सिधा कहिले बाङ्गो, तर्काएर कुरा गर्छे ।
अरु सँग क्या मज्जाले, लजाउँदै मुस्काउँछे
मलाई भने यत्रा आँखा, फर्काएर कुरा गर्छे ।।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।