भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न माग गर्दै पोखरामा सोमबार शान्तिपूर्ण धर्ना दिइएको छ । नेपाल र नेपाली जनताको अपमान गर्ने भारतीय सेनाध्यक्ष नरवणेको नेपाल म्रण रोक्न माग गर्दै संयुक्त देशभक्त मोर्चाले सोमबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएको हो । पूर्वाह्न ११ बजेदेखि १२ बजेसम्म १ घण्टा धर्ना दिइएको मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले जानकारी दिए ।
मोर्चाले सरकारसँग भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण रोक्न माग गर्दै आएको छ । मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले कालापानी, लिम्पीयाधुरा र लिपुलेकबारे नेपाल कसैको ईशारामा चलिरहेको भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय लज्जास्पद भएको उल्लेख गर्दै त्यस्तालाई नेपाल भ्रमण गर्न दिन नहुनेमा मोर्चा रहेको बताए । साथै मोर्चाले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिनसमेत माग गरेको छ । मोर्चाले विवादकाबीच नरवणेलाई सम्मान दिनू नेपाली जनता र नेपालको हितमा नरहेको बताएको छ ।
धर्नामा बसेकाहरुले नेपालीपको अपमान गर्ने भारतीय सेनाध्यक्षको भ्रमण रद्ध गर, भारतीय सेनाध्यक्षलाई सम्मान गर्ने परम्परा खारेज गर, नेपाल र नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षलाई शीतल निवासमा स्वागत किन ?, भारतीय सेना कालापानी तुरुन्तै छाडोडलगायतका नाराहरु लेखिएका प्लेकार्ड तथा ब्यानरहरु बोकेका थिए ।
धर्ना कार्यक्रमको अन्त्यमा मोर्चाका संयोजक तथा बरिष्ठ अधिवक्ता तीलक पराजुलीले भारतीय हस्तक्षेपका कारण देश अप्ठेरोमा परेका बेला राज्यलाई दवाब दिन सहभागि भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाई दिएकोमा सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले यहि कात्तिक १९ गतेदेखि २१ ग्तेसम्म ३ दिने नेपाल भ्रमण गर्दैछन् । नेपाल भ्रमणका बेला भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिईने जनाइएको छ । उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।