‘जागौं नेपाल’ राष्ट्रिय अभियान युरोप संयोजकमा भट्टराई चयन


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित




जागौं नेपाल राष्ट्रिय अभियानू युरोप संयोजकमा शक्ति भट्टराई चयन भएका छन । अभियानको उपसंयोजकमा सरिता मल्ल ठकुरी, साईप्रस, सचिवमा सुनिल खतिवडा, जर्मन, चयन भएको जनाइएको छ ।
अभियानको प्रवास समिति अन्लाईन बैठक मार्फत युरोप स्तरीय समिति बनाउने उद्धेश्यका साथ नयाँ समितिलाई जिम्मेवारी दिएको प्रवास समितिका संयोजक सन्तोष तिमिल्सिनाले जानकारी दिए ।
विश्वका विभिन्न मुलकमा कार्यरत नेपालीहरुसँग हातेमालो गर्दै लैंगिक हिंसा, भ्रष्टाचार आदि विकृतिहरुको बिरुद्धमा संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत खबरदारी गर्दै सभ्य र भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्न यो समिति गठन गरिएको हो ।
विश्वका ३० देशमा कार्यरत नेपालीहरु अभियानको सञ्जालमा आबद्ध भएको बताइएको छ ।
युरोप संयोजक भट्टराई पोखरा छोरेपाटन घर भई लामो समय पत्रकारिता सामाजिक सेवामा सकृय रहेको, विगत दश बर्षदेखि अमेरिका बस्दै आएको हाल ब्यबसाय संचालन गर्ने उद्धेश्यले पोर्चुगलमा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।