कालिका बहुमुखी क्याम्पस पोखराको ३५ औं क्याम्पस सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै क्याम्पसका संरक्षक ले.कर्नेल जे. पि. क्रसले कालिका क्याम्पसबाट प्राप्त शिक्षाको ज्योती देश, विदेश सम्म फैलिएको बताउँदै खुशी व्यक्त गरेका छन् । उनले ब्रिटिस इन्डियन आर्मीमा रहँदा, सेवा प्रवेशको सुरुवाती दिनहरूमा कुनै नेपाली सिपाहीले नामसमेत स्पष्टसँग भन्न नसक्दाको क्षणलाई स्मरण गरे । त्यही प्रेरणा र चेतनाका कारण नेपालमा आई शिक्षाको क्षेत्रमा योगदान पु¥याउने दृढ निर्णय लिएको उनले स्मरण गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सी.ले तीन दशकको अवधिमा क्याम्पसले जुन प्रगति र उन्नती गरेको छ यसका लागि क्याम्पसमा स्थायित्व ज्यादै महत्वपुर्ण रहेको बताए । उनले सवैले आ–आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर क्याम्पसलाई केन्द्रमा राखी यसको विकासका लागि अगाडी बढ्न उपस्थित सम्पूर्ण संरक्षक र सिनेटरहरुलाई अनुरोध गरे । उनले विगत जस्तै आगामी दिनमा हामी सवै एक भएर क्याम्पसलाई यस क्षेत्रको प्रतिष्ठीत त्तब्ब् प्रमाणपत्र प्राप्त सामुदायिक क्याम्पसको रुपमा स्थापित गर्न सवैको सहकार्य र सर्मथन रहने विश्वास व्यक्त गरे ।
सभामा आर्थिक वर्ष २०८२÷०८३ को लेखा परीक्षण प्रतिवेदन र आ. व २०८३ ÷०८४को प्रस्तावित वार्षिक बजेट छलफल पछि पारित भएको छ । क्याम्पस प्रमुख प्रा.बिरन्जी गौतमले प्रस्तुत गरेको २०८२÷०८३ को वार्षिक प्रगती प्रतिवदेन र नीति तथा कार्यक्रम अनुमोदन भएको छ । सभामा सस्थापक सदस्य डा. कृष्ण के सी, नेपाल उद्योग वाणीज्य संघका केन्द्रीय सदस्य गोकर्ण कार्की, त्रि. वि. प्रतिनिधी डा. पितृराज वास्तोला, सिनेटर तथा पूर्व क्याम्पस प्रमुख बालाकृष्ण शर्मा, सस्थापक प्राध्यापक रामराज रेग्मी लगाएतले क्याम्पसलाई दक्ष र बजारले माग गरेका कार्यक्रम संचालन गरी अवका दिनमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
क्याम्पस सञ्चालक समतिका अध्यक्ष किरण के. सी. को अध्यक्षतामा भएको कार्यक्रम, सिनेटर माधव प्रसाद बरालले सञ्चालन र स्वागत क्याम्पस संचालक समितिका उपाध्यक्ष तथा पोखरा १४ का वडा अध्यक्ष वोध बहादुर कार्की गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ ।…







