पोखरा महानगरपालिका–१४ मा रहेको विशालनगर टोल विकास संस्थाको अध्यक्षमा कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् ।
संस्थाको सम्पन्न तेह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल, सचिवमा शान्ता देवकोटा र कोषाध्यक्षमा यशोदा गौतम चयन हुनुभएको छ। त्यसैगरी, कार्यसमिति सदस्यहरूमा बाबुराम रेग्मी, नानु गुरुङ, रुबी गुरुङ, दिनेश पन्त र सुनिता न्यौपाने चयन भएको निर्वाचन मण्डलका संयोजकमा मनोज गुरुङले जानकारी दिए । गुरुङको संयोजकत्वमा ।हेको समितिमा तिलक प्रसाद तिवारी र भोविन्द्र गिरी सदस्य थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले टोलको समग्र विकास र निर्माणका कार्यमा वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले टोलको विकासका लागि स्थानीयवासीको सक्रिय सहभागिता तथा सम्बन्धित निकायबीचको सहकार्य र समन्वय महत्त्वपूर्ण हुने धारणा राखे ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले टोलको समग्र विकास, सामाजिक एकता र सामुदायिक हितका गतिविधिलाई सक्रियताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मादी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष मनोज गुरुङ, पोखरा १४ का वडा सदस्य कृष्णहरि काफ्लेलगायतले बोलेका थिए । सोही अवसरमा एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरू तथा ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष बुद्धिसागर देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले स्वागत र सचिव खगेन्द्र प्रसाद अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ ।…







