पोखरेली सर्जक दुर्गादेवी बस्नेत गौतमको कविता संग्रह ‘भावनाको चित्र’ सार्वजनिक भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान, पोखराले सोमबार आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कृतिको लोकार्पण गरिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले भावनाबाट अभिव्यक्त विचारलाई सुन्दर शिल्पी दिनु नै साहित्य भएको बताउँदै, यसले समाज र संस्कृतिलाई जोड्ने बताईन् । उनले जनप्रतिनिधि भएर पनि बस्नेत साहित्यका बिभिन्न विधामा क्रियाशिल रहेको भन्दै प्रशंसा गरिन् ।पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बिभिन्न कठिनाईका बीच पनि साहित्य र समाजलाई सँगै अगाडी बढाउन सक्ने क्षमता बस्नेतमा रहेको बताए । एमाले नेतृ प्रभा कोईरालाले निरन्तरको साधनाबाट मात्रै साहित्य लेखनमा अघि बढ्न सकिने बताईन् ।स्रष्टाको परिचय गराउँदै कवि राम बहादुर बाँनियाले कवि बस्नेतलाई सामाजिक मात्र नभई साहित्यिक व्यक्तित्वका रुपमा चित्रण गरे ।
उनले कविता लेखनको विधामा महिलाको उपस्थिती बलियो बन्दै गएको बताए । स्रष्टा दुर्गादेवी बस्नेत गौतमले आफु सानै उमेरदेखि साहित्य सिर्जनामा लागेको बताउँदै, जनजीवनमा भोगेका कुरालाई कविता मार्फत व्यक्त गरेको बताईन् । कृतिको समिक्षा गर्दै साहित्यकार असफल गौतमले भावनाको चित्र अन्तर मनको अभिव्यक्ति भएको बताए । उनले कृतिमा संग्रहित कविताले समाजका बिभिन्न पाटालाई उजागर गरेको स्पष्ट पारे । प्रतिष्ठानका अध्यक्ष समेत रहेकी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, कवि शिव त्रिपाठी, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी,प्रतिष्ठानका सदस्य पत्रकार प्रकाश अधिकारी, बाल कवि स्वस्तिका खड्कालगायतले निरन्तर रुपमा साहित्य सिर्जनामा लाग्न आग्रह गरे । सो अवसरमा बस्नेतद्वारा सिर्जित कविता पनि बाचन गरिएको थियो ।
प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव रामप्रसाद पौडेलले गरेका थिए । पोखरा १९ की जनप्रतिनिधि समेत रहेकी बस्नेतले यसअघि ‘सम्झना’ कविता संग्रह प्रकाशन गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ ।…







