मानविय र जैविक विविधतामा पर्न सक्ने प्रतिकुल असरलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्न फोहोरमैलाको प्रभावकारी व्यवस्थापन गर्नुपर्दछ। फोहरमैलामा स् घरेलु फोहरमैला, कार्यालय तथा पसलबाट उत्सर्जित फोहोरमैला, औद्योगिक फोहरमैला, रासायमनिक फोहोरमैला, स्वास्थ्य संस्थाको फोहरमैला र हानिकारक फोहरमैला, प्रयोग हनु नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका, वातावरणमा ह्रास आउनेगरी निष्काशन गरिएका ठोस, तरल, ग्यास, लेदो, धवुाँ, धुलो, विद्युतिय तथा सूचना प्रविधिका लागि प्रयोग भएका बिग्रिएका वा पुराना सामग्रीहरु लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरू पर्दछन्। मूलतः फोहोरमैला व्यवस्थापन गर्ने दायित्व, प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय तहको हो। यसका लागि स्थानीय तहले फोहोरमैला विसर्जन गर्न स्थान्तरण केन्द्र (Transfer station) ल्याण्डफिल्ड साइट, प्रशोधन प्लान्ट, कम्पोष्ट प्लान्ट, बायो ग्यास सञ्चालन स्वयम आफैंले गर्नुको साथै निजी तथा सामुदायिक क्षेत्रसँग पनि सहकार्य गर्ने गरेको छ। हाल पोखरामा ज्ञछण् भन्दा बढी कवाडी संकलन केन्द्र रहेका छन् भने एक दर्जन बढि सँघसंस्थाले प्रदूषण कम गर्न र वातावरण संरक्षणका लागि विविध कार्यक्रम गरिरहेका छन्।
फोहोरमैला व्यवस्थापनमा उपभोक्ताको पनि महत्वपूर्ण भूमिका हुन्छ। स्रोतबाटै फोहोर वर्गीकरण गरेको खण्डमा फोहोर व्यवस्थापन दिगो हुन्छ। फोहोरमैलालाई जैविक अजैविक गरि छुट्याउने र अजैविक फोहोरलाई सिसा, धातु, कागज, प्लास्टिक, e-waste को वर्गीकरण गरेको खण्डमा फोहोरबाट मोहोर कमाउन पनि सकिन्छ। जथाभाबी फोहोर फाल्दा जलाउँदा वर्गीकरण नगर्दा, स्थानीय तहले उचित पूर्वाधार निर्माण नगर्दा र सम्बधित सरोकारवाला समन्वय नगर्दा फोहोर व्यवस्थापनमा कठिन हुन्छ। अहिले Single used Plastic र Paper Aluminium Mixed प्लास्टिकको बढ्दो प्रयोग तर विसर्जन प्रयास सुदृढ नहुँदा फोहरमैलाको उचित व्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेको छ।
नेपालमा प्लास्टिकको प्रयोग हुन थालेको धेरै भएको छैन । जुटको बोरामा धान भर्ने, दुग्ध विकास संस्थानले सिसाको बोतलमा दूध, औषधि वितरण गरेको स्मरणमा ताजै छन् हामी माझ। हाल नेपालमा प्लास्टिक उद्योगमा करिब १५ अर्ब रुपैयाँको लगानी तथा २५ हजारको रोजगारी र २५ अर्वको प्लास्टिकको कारोबार रहेको उद्योगीहरू बताउँछन्। हलुका, चाहेको आकार दिन सकिने, विद्युत प्रवाह नहुने, सजिलै ट्रान्सपोर्ट गर्न सकिने , सस्तो अनि सर्वसुलभ गुणहरुले गर्दा खनिज तेल र प्राकृतिक ग्यासको मिश्रणबाट बन्ने प्लास्टिक सर्वव्यापी उपभोग्य वस्तु बन्न पुगेको छ। प्लास्टिकजन्य पदार्थ उपभोग गर्न जति सरल र सहज छ, व्यवस्थापन त्यति नै कठिन र अनियन्त्रित छ । अर्को दशकमा मात्रै पानीको स्रोतहरु जस्तै नदि,तलाउ, समुन्द्रमा प्लास्टिक तीन गुणा हुने अपेक्षा गरिएको छ, त्यसैले प्लास्टिकको स्रोतबाटै व्यवस्थापन र प्रदूषण रोकथामको लागि कदम चाल्न अत्यन्त आवश्यक छ।
२०२० मा प्रकाशित एक अध्ययनले नेपालको नगरपालिकाका बासिन्दाले मात्रै हप्तामा १० थान प्लास्टिक झोला प्रयोग गर्ने देखाएको छ । नेपालका नगरपालिकाहरूले कुल उत्पादन हुने फोहोरको एकतिहाइ मात्र संकलन गरी व्यवस्थापन गरेको एसियाली विकास बैंकले प्रकाशित गरेको प्रतिवेदनमा छ । बाँकी फोहोर खुला स्थानमा नै विसर्जित हुने वा पोलेर गर्ने गरिएको छ। नेपालमा दैनिक १४३५ टन फोहरमैला उत्पादन हुन्छ (ADB Report) , जसमा १० प्रतिशत प्लास्टिकजन्य पदार्थ हुन्छ। अर्थात दैनिक लगभग १४३.५ टन प्लास्टिक फोहोर उत्सर्जन भइरहेको देखिन्छ। यसरी उत्सर्जित प्लास्टिकको ठूलो हिस्सा खुल्ला वातावरणमा थुप्रिएको पाइन्छ भने केही मात्रामा ल्यान्डफिल गरिन्छ अनि प्रयोग गरिएका प्लास्टिक मध्य जम्मा ७ प्रतिशत मात्र पुनः प्रयोगका लागि प्रशोधन केन्द्रमा जान्छन्।
प्लास्टिकजन्य वस्तु लामो समयसम्म नकुहिकन वातावरणलाई हानि गर्ने भएकाले यसलाई सेतो प्रदूषण भनिन्छ। सौर्य प्रकाश (फोटोडिग्रेडेसन), जैविक (बायोडिग्रेडेसन) र पानी (हाइड्रोलाइसिस) को माध्यमबाट प्लास्टिकहरू सानातिना कणहरूमा टुक्रिन्छ (माइक्रो र नानोप्लास्टिक)। सास फेर्ने हावा, पिउने पानी, दूध, मह, बियर, कस्मेटिक र दन्त मन्जन, खाने नुनमामा समेत प्लास्टिकका सूक्ष्म कणहरू भेटिएको प्रमाणित गरिसकेका छन्। लामो समयसम्म यस्ता कणहरूको सेवनबाट मानव शरीरमा श्वासरप्रश्वास, रक्तसञ्चार र पाचन प्रणालीमा समस्या देखिएका छन्। हाम्रो घर, कार्यालय, विध्यालय वरिपरि मानिसले प्लास्टिक व्यवस्थापन जलाएर गर्दा वातावरणमा हानिकारक ग्यास (पोलिक्लोरेनेटेड बाइफिनाइल, डाइओक्सिन, फ्युरानस, मर्किउरी) मिसिन्छन जसले वातावरणलाई दूषित बनाएको हुन्छ। यी ग्यास हामीले श्वास प्रश्वास गर्दा फोक्सो पुग्छ र गम्भीर समस्या निम्त्याउने गर्छ भने प्लास्टिक बाल्दा निस्कने कालो धुवाँले मानिसको मस्तिष्कमा असर पर्छ, प्रजनन क्षमता र रोग प्रतिरोधात्मक शक्ति घटाउने गर्छ।
नेपालका गाउँ शहर हरेक सार्वजनिक स्थलहरूमा प्लास्टिकहरू थुप्रो देखिन्छ। प्लास्टिकले मानवीय स्वास्थ्यलाई जति हानि पुर्याइरहेको हुन्छ, त्यति नै प्राकृतिक सौन्दर्यलाई पनि कुरूप बनाइरहेको हुन्छ। हाम्रा सम्पदा, धरोहर, मठमन्दिर, कुटी, सिमसार र वन पनि प्लास्टिकरहित छैनन् जसले जैविक विविधतामा प्रतिकूल असर पारिरहेको छ। ‘ओसन कुसडर’ संस्थाको वेबसाइटअनुसार प्लास्टिकजन्य पदार्थका कारण बर्सेनि एक लाख समुद्री जनावर र १० लाख चराको ज्यान गइरहेको छ ।
प्लास्टिकको मिश्रणले खेतीयोग्य जमिनमा माटोको गुणस्तर घट्ने र कृषि उत्पादनमा ह्रास ल्याउँने गर्दछ। विश्वका उच्च प्रदूषित सहरहरूमध्ये हाम्रो देशको राजधानी काठमाडौं पहिलो स्थानमा देखिएको थियो। यहाँ हावामा पनि अधिकतम मात्रामा प्लास्टिकका सूक्ष्म कणहरू रहेको भेटिएको थियो। आरोहीहरुले हिमाल चड्दा प्रयोग गरेको फोहोरमैला को उचित व्यवस्थापन नहुँदा भएको प्रदुषित सगरमाथा विश्व भर चर्चामा रह्यो। त्यस्तै पोखरामा फुस्रो खोला अवस्था, फेवातालमा पानीको गुणस्तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ल्यान्डफिल्डको रिपेल्समेन्ट गर्नुपर्ने आवश्यकताबाट पनि फोहोरमैलाको अवस्था चित्रण गर्न सकिन्छ।
यी विविध तथ्याङ्कहरुले समयमै फोहोरमैलाको उचित व्यवस्थापन गर्न दिशानिर्देश गरेको छ। यहि परिस्थिति लाई मध्यनजर गर्दै फोहोरलाई मोहर बनाउने अभियान, स्रोतबाटै फोहोर व्यवस्थापन नै दिगो समाधान१ भन्ने मुल नाराका साथ ग्रिन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना भइसकेको छ। केही समयमानै हामीले ५ टन प्लास्टिक,५ टन फलाम, १०टन सिसा, १५ टन कागज सङ्कलन गरेका छौँ। हामीले पोखरा महानगरपालिकामा फ्रि पिकअप सेवाका साथै वर्गीकृत फोहोरलाई उचित मूल्य समेत प्रधान गरिरहेका छौ। कागज, फलाम, सिसाका साथै Single use and Mixed समेत सङ्कलन गरी पोखरा १६ अर्मलामा प्रशोधनको तयारी गरिरहेका छौँ।
फोहरमैलाको उचित व्यवस्थापनबाट प्रदुषण नियन्त्रण गरि वातावरणको संरक्षण र प्रवर्द्धन कार्यमा सबैलाई यस सहकारी मार्फत सहकार्य गर्न सक्नुहुन्छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका…






