आ.व. ०७९/८० बजेटको सकारात्मक (सबल) तथा कमजोर पक्षहरू : बिश्वमोहन अधिकारी


     बिश्वमोहन अधिकारी    
     जेठ १५ गते २०७९ मा प्रकाशित



सकारात्मक पक्षहरू:
१.आर्थिक बृद्धिको लक्ष्य: ८%
२.कृषि उपज आयात ३०% ले घटाउने
३. सिमेन्ट, डण्डी, फुटवेयर, पानी, IT Business, क्लिङकर निर्यातमा ८% नगद अनुदान
४. अटो एसम्बलिङ गर्ने उद्योगलाई आयकरमा ६०%छुट
५. पूंजीबजारको बिकासमा धेरै सकारात्मक पहल
६. उद्योग संचालन गर्न सरकारी जग्गा ५० बर्षसम्म लिजमा दिने
७.पेट्रोलियम पदार्थको मूल्य घटाउने
८. उद्योग र ब्यापारका लागि फरक फरक ब्याजदर
९. प्रत्येक परिवारलाई एउटा विद्युतीय चुलो अनुदान दिने
१०. आगामी आ.व. सरकारी गाडी खरिद नगर्ने
११. आगामी आ.व.१५%ले चालू खर्च घटाउने
१२. बिदेशी लगानीको न्युनतम सीमा ५ कराेडबाट २ कराेड बनाइएको
१३. निजी जमिनका रूख निजी सम्पत्ति सरह बिक्री गर्न पाइने
१४. मिर्गौला, क्यान्सर र मेरूदण्ड पक्षघात विरामीलाई मासिक ५ हजार भत्ता
१५. घरजग्गा कारोबारमा नियन्त्रण
१६. आयात प्रतिस्थापनको योजना
१७. आयकर छुटको सीमा बढाउनु
१८. सहकारीले ५०% लगानी उत्पादनशील क्षेत्रमा गर्नुपर्ने
१९. लघुवित्त कोष स्थापना गरि घरदैलोमा कृषिकर्जा
२०. नयाँ लघुवीमा कंपनीको स्थापना

दुर्बल पक्षहरु :
१. राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भन्दा बढी
२. पपुलिष्ट बजेट
३. चुनावमुखी बजेट
४. क्षमता भन्दा निकै ठुलो (सुनिएको) बजेट
५. व्यवहारिक भन्दा सैध्दान्तिक पक्ष/ नारै नारालाई प्राथमिकतामा राखिएको
६. पूंजीनिर्माणमा कम महत्व (छरिएको बजेट)
७. महत्वाकांक्षी राजश्व परिचालनको लक्ष्य
८. मुद्रास्फीति ७% मा सीमित राख्न असम्भव । – बिश्वमोहन अधिकारी, अर्थ बिज्ञ


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।