पोखरामा आज (बुधबार) विहानैदेखि भारी वर्षा भएको छ।
हाल, पोखराको दक्षिणी क्षेत्रमा बढी वर्षा भएको छ।
हाल, गण्डकी प्रदेशको दक्षिणी भेग स्याङ्जामा भारी वर्षा भएको छ।
हाल, प्रदेशकै पर्वतमा भने वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२४ घण्टामा प्रदेशको नवलपुरमा सबै भन्दा धेरै वर्षा भएको छ। नवलपुरमा २४ घनटाभित्र ८० मिलि लिटर वर्षा भएको मापन गरिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्हाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ
महाशाखाले राती देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदरस्थान भन्दा केही दक्षिण तिर अवस्थित छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






