
जय दसैं ।
पर्वहरुको पर्व दसैं , उत्सवहरुको महोत्सव,
कसैको दशा नबनोस्, आशाहरुको पर्व बनोस् ।
आकाशमा उडेको चंगा झै मन चंगा होस् ,
भुईं छोडेको पिड.जस्तै दसैं चचहै होस् ।
निधारमा टिका अनि कानमा जमरा सजिदा,
दसैं मनमा हर्ष अनि उमंगले भरि पूर्ण होस् ।
धनले हैन शान्त र खुसी मनले मनाउन सकियोस्,
दसैं पुनर्मिलन र नबिकरणको सांस्कृतिक पर्व बनोस् ।
तडक भडक र देखासिकि प्रवृत्ति कम भई,
दसैं,टुटेका सम्बन्ध झन प्रगाढ बनाउने पर्व बनोस् ।
रिस राग द्वेष हटाई , मन फराकिलो पार्न सकियोस्,
दसैं,हिंसामाथि अहिंसाको बिजय पर्व बनोस् ।
अरुमाथि जितको “बिजय” भन्दा बढि,
दसैं,आफ्नै कमजोरीमाथि “जय” प्राप्ति पर्व बनोस् ।
अहिंसा पर्व दसैंको शुभकामना ।
खुसीमय दसैंको शुभकामना ।।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।