फाईल तस्बिर ।
महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चाररपाँचदिनदेखि लगातारको शीतलहर, चिसो कठ्याङ्ग्र्दिो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् ।
चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जाडो बढेसँगै बजारमा न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ ।
चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा सतिशकुमार साहले बताए । दशक नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको ग्रामिण क्षेत्रमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् ।
जाडोकै कारण ग्रामीण भेगमा पशुपन्छी तथा दलहन, तेलहन र तरकारी बालीमा असर परेको जलेश्वर नगरपालिका ८ का किसान आशनारायण मण्डलले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।…






