हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको र अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाद्वारा प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी…






