हिमालय क्लवद्वारा मानव सेवा आश्रमलाई सहयोग


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८२ मा प्रकाशित




पोखरा

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले मानव सेवा आश्रम, हेम्जालाई आर्थिक सहयोग गरेको छ।

क्लवको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार विहान हेम्जा पुगेर नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो। सो रकम क्लवका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सुशील बस्नेत, अध्यक्ष मोहन थापा, मानार्थ सदस्य बेनीबहादुर बस्नेतले आश्रमका व्यवस्थापक सम्झना बर्तौलालाई हस्तान्तरण गर्नुभयो।सो अवसरमा क्लवका अध्यक्ष मोहन थापाले राज्यले गर्नुपर्ने दायित्व नागरिक स्तरबाट संचालन भएको आश्रमले गरिरहेकोमा प्रशंसा गर्दै, सबैको सहयोगबाट नै आश्रम संचालनमा सहज हुने बताउनुभयो। व्यवस्थापक बर्तौलाले विभिन्न सामाजिक संघ, संस्था र सेवा भावले नै आश्रम संचालन भएको बताउनुभयो।

सोही अवसरमा आश्रम संचालन सहयोगार्थ क्लवका मानार्थ सदस्य वेनी व बस्नेतले रू १० हजार, सल्लाहकार खिमलाल अधिकारीले रू १० हजार, सल्लाहकार कुमार श्रेष्ठले रू ५ हजार, हिमालय कृषि सहकारीका सञ्चालक समिति सदस्य झलक थापा मगरले रू ५ हजार, बाटुलेचौर हिमालय सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले २ हजार ५ सय, ईन्दु भट्टराईले २ हजार, ईन्दिरा पोखरेल तिमिल्सिनाले २ हजार, मिना गुरुङले २ हजार, शारदा तिमिल्सिना, रूद्र वहादुर थापा, बुद्धि बहादुर बानियाँ, पुष्पराज अधिकारी, रामनाथ पौडेल लगायतले आर्थिक सहयोग प्रदान गर्नुभयो। आश्रमको हेम्जा शाखामा १ सय ८० जना पुरुष तथा बालक र छोरेपाटन शाखामा ९३ जना असहाय महिला आश्रित छन्।

क्लवले आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सराङ्गकोट धार्मिक क्षेत्रको समेत अवलोकन गर्यो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।