पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत अङ्ग्रेजी कथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आधारभूत तह जुनियर तर्फ कक्षा १ ‘क’ का आयन्स मगर प्रथम र कक्षा १ ‘ख’ का श्रेयान सुनारले द्वितीय, कक्षा २ का छात्रा श्रीया सवाङ्गी मगर प्रथम र सोही कक्षा छात्र सुगम पौडेल द्वितीय, कक्षा ३ बाट छात्राहरु इभानी बास्तोला प्रथम र साजिया क्षेत्रीले द्वितीय स्थान प्राप्त गरेका छन् । यसैगरी आधारभूत तह जुनियर तर्फ कै कक्षा ४ र ५ को कार्यक्रममा कक्षा ५ की छात्रा युनिका खनाल प्रथम, सोही कक्षाकी छात्रा दिया क्षेत्री द्वितीय र कक्षा ४ का छात्रहरुद्वय सौगात हमाल र अंकित मन्नाले क्रमशः तृतीय र सान्त्वना स्थान प्राप्त गरे ।प्रतियोगी विद्यार्थीको मुल्यांकन शिक्षक अनिता थापा र सिर्जना आचार्यले गरेका थिए ।
उत्कृष्ट विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा थप अध्ययनशिलता आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमको सञ्चालन शिक्षक राजु बयलकोटी सहित विद्यार्थीहरु अदिती तिमिल्सिना र एलिसा न्यौपानेले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






