सन्देश श्रेष्ठ
पोखरा, जेठ २०
जुन ३ तारिख अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७६ औं वर्षगाँठको अवसरमा टान गण्डकीले लमजुङको दोर्दी गाउँपालिकास्थित ढाकेडाँडा स्कुल–मञ्ज्याङ÷लामागाउँ पदमार्गमा पदयात्रासहित पर्यटकीय गन्तव्य प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।
कार्यक्रमका लागि बुधबार पोखराबाट टान गण्डकीको टोली लमजुङको भोटेओडारहुँदै ढोकेडाँडा पुगेको छ । सोपश्चात पदयात्रा गर्दै टोली मञ्ज्याङ÷लामागाउँ पुगेर बास बस्ने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
सो अवसरमा बुधबार बेलुका ७६ औं अन्नपूर्ण हिमाल आरोहण दिवस÷पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवद्र्धन अन्तर्गत औपचारिक कार्यक्रम गरिने अध्यक्ष आचार्यले बताए । कार्यक्रममा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताले पर्वतीय पर्यटन र स्थानिय वातावरणमा पारेको प्रभावबारे गम्भीर छलफल भएको उनले जानकारी दिए ।
पदमार्ग तथा पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनात्मक कार्यक्रम सकेर टोली विहीबार पोखरा फर्किने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ २० जुन ३ तारिख अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवसको…








