कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

८३ बर्षिय नेता श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा मंगलबार निधन भएको हो । उनको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । श्रेष्ठ क्यान्सर पीडित थिए । केही दिन अघि विपि स्मृति दिवस कार्यक्रममा सभापति गगन थापाले उनलाई बरिष्ठ नेता चयन गरेको घोषणा गरेका थिए ।

श्रेष्ठका ३ छोरा र ६ छोरी छन् । स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका श्रेष्ठ पटक पटक मन्त्री र पार्टीको भुमिकामा थिए । श्रेष्ठ शेरबहादुर देउवाले गठन गरेको तत्कालीन नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिसमेत बनेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।