कास्की समन्वयले गर्यो माछापुच्छ्रे गाउँपालिकाका योजनाको अनुगमन


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८३ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा संचालित बिभिन्न योजनाको अनुगमन गरेको छ ।

समितिले आर्थिक बर्ष २०८२– ८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जानकारी दिएको छ। अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँ पालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका वडा न ६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण योजना , बराह मा. वि भेडावारीको स्टेज निर्माण र कैलाश मा. वि पर्खाल निर्माण योजना , वडा न ४ को वडा कार्यालय तथा स्वास्थ्य चौकी मर्मत सम्भार योजनाको अनुगमन गरेको जनाईएको छ । त्यस्तै माछापुच्छ्रे गाउँ पालिका, वडा नं. ३ को शुक्लागण्डकी मा. वि को सभाहल , मेघराज आधारभुत विद्यालय सभाहल निर्माण ,वडा न ५ स्थित निस्पक्ष मा. विको सभाहल निर्माण योजना ,वडा न ८ तारे बराह आहारभुत बिद्यालय भवन निर्माण योजना रहेका छन ।

अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले बिनियोजित बजेट र निर्धारित मापदण्ड अनुसार गुणस्तरीय कार्यमा ध्यान दिन आग्रह गरे । अनुगमनका क्रममा कमजोरी देखिएका केही योजनालाई तत्काल सच्याउन आग्रह गर्दै पौडेलले निर्माण कार्य प्रभाबकारी र निर्धारित समयमा सम्पन्न गर्न निर्माण कम्पनी ,साझेदार पालिका र सरोकारवाला उपभोक्ता जागरुक हुन पनि सुझाव दिए ।

अनुगमनमा जिसस कास्कीका सदस्यद्वय सुकमाया नेपाली , लक्ष्मी दमै , जिल्ला समन्वय अधिकारी नवराज बराल सहित इन्जिनियर ,प्राविधिक तथा कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।