प्रतिभा प्रस्फुटनमा संस्कार र सलोनी प्रथम


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८३ मा प्रकाशित




पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।

नेपालीका महत्वपुर्ण चाडपर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीले बिभिन्न लोक संस्कृतिमा आधारित गीत तथा नृत्य प्रस्तुत गरेका थिए । जुनियर र सिनियर गरी दुई तहमा आयोजित कार्यक्रममा सिनियरतर्फ सलोनी पुन प्रथम,कृतिका सुनार द्वितीय, अस्मिता खड्का तृतीय र सुप्रिया सापकोटा सान्त्वना भएका छन् । त्यस्तै जुनियरतर्फ संस्कार गौतम प्रथम,इशा नेपाली द्वितीय,एन्जल विक तृतीय र आयुषा गुरुङ ले सान्त्वना स्थान प्राप्त गरेको शिक्षक कृष्णप्रसाद पौडेलले जानकारी दिए । उत्कृष्ट विद्यार्थीलाई पोखरा १६ का जनप्रतिनिधि राजकुमारी बानियाँ र प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले पुरस्कार वितरण गरे ।सहभागी विद्यार्थीको मुल्यांकन प्राज्ञ सदस्य गम्भीर बर्देवा, र शिक्षक लक्ष्मी गुरुङ ले गरेका थिए ।

कार्यक्रममा बोल्दै बानियाँले चाडपर्वले सामाजिक एकता कायम गर्ने बताउँदै, महत्वपुर्ण पर्वलाई विकृत रुपमा नभई सांस्कृतिक र परम्परागत रुपमा मनाउन आग्रह गरिन् । बाल क्लबका अध्यक्ष रिदम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक अभिभावक संघका सदस्य मनोहरि आचार्य,कार्यक्रम संयोजक तारा अधिकारीलगायतले बालबालिकाको लुकेको प्रतिभा प्रस्फुटन गर्न कार्यक्रम सफल भएको बताए । त्यस अवसरमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीले पनि आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

एक आपसमा शुभकामना आदान प्रदानसहित आयोजित कार्यक्रममा स्वागत बाल क्लबका उपाध्यक्ष वृन्दा कुँवर र संचालन एन्जिला भट्टराई तथा लियाना छन्त्यालले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।