क्षमता अभिवृद्धिका लागि एक हप्ते आधारभूत पत्रकारिता तालिम सुरु


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित




कास्की । पोखरामा आज देखि आधारभुत पत्रकारिता तालिम सुरु भएको । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा आजदेखि एक हप्ताका लागि तालिम सुरु भएको हो ।

कास्कीमा रहेर विभिन्न सञ्चार माध्यम आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नको लागी सञ्चालन गरिएको तालिममा नेपाल पत्रकार महासंघ केन्द्रियका पुर्वअध्यक्ष धम्रेन्द्र झा मुख्य प्रशिक्षणका रुपमा रहने छन् । एक हप्ताको लागि सञ्चालन हुने तालिमका क्रममा पुराना तथा लामो समयसम्म पत्रकारिता क्षेत्रमा आवद्ध रहेका पत्रकारहरुलाई पुर्नताजिगी, संचारको अर्थ महत्व तथा प्रकृयाको बारेमा जानकारी,पत्रकारीताको महत्व र अर्थ,समाचारको अर्थ र महत्व,समाचार स्रोतका रुपमा प्रेसविज्ञप्ति र पत्रकार सम्मेलनको महत्व,सुचना वा समाचार संकलन र समाचार लेखनका प्रकृया,समाचारको संरचना तथा पत्रकारिताको आंचारसंहिताको विषयमा प्रशिक्षण गरिने तालिम आयोजकले जनाएको छ ।

तालिममा कास्की स्थित विभिन्न सञ्चार क्षेत्रमा आवद्ध करिव ४० जना पत्रकारहरुको सहभागिता रहेको छ । उपस्थित ४० जना मध्ये २० जनाको समुह विभाजन गरि विहान ८ बजेदेखि दिउसो १२ बजे र दिउँसो १ः३० देखि ५ः३० बजेसम्म दुई सिफ्टमा विभाजन गरेर प्रशिक्षण गराईने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।