गण्डकी प्रदेशको १÷२ स्थानमा आज असार १२ गते (आइतबार) भारी वर्षाको संभावना छ।
गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशमा हाल मनसुनी वायुको प्रभाव रहेकाले प्रदेशको केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, वागमती, लुम्बिनी र कर्णाली प्रदेशमा हाल वर्षा भइरहेको छ। हाल, देशभर सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू–भागका धेरै स्थानमा वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्य बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छं। प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका १÷२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सूदुरपश्चिम भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






