पोखराको प्रतिभामा ‘प्रतिभा प्रस्फुटन’


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८१ मा प्रकाशित




पोखरा । राष्ट्रिय बाल दिवसको अवसरमा नदीपुरस्थित प्रतिभा मा.वि पोखराले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । शनिबार विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीकाविचमा नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो ।

नृत्य प्रतियोगितामा कक्षा १ बाट आरुश दाहालको समूहले प्रथम स्थान प्राप्त गर्दा प्रज्ञा सापकोटा र सहना शाही द्वितिय र सचिता सुवेदीको समूह तृतिय भयो ।

कक्षा २ बाट शासम र ओशनी गुरुङको जोडी प्रथम, रानी थापा र प्रभास सुनारको जोडीले द्वितिय र आरुसी भुजेलको समूह तृतिय भयो ।

यस्तै कक्षा ३ तर्फ प्रथम रिवास थापाको समूह हुँदा खुशी प्रजाको समूह द्वितिय र आयान गुरुङको समूहले तृतिय स्थान प्राप्त गर्यो ।

कक्षा ४ तर्फ बन्दना बालकोटी, विधाता पराजुली र एरिका पौडेल र विध्रिका पण्डितको जोडी क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।

कक्षा ५ बाट रितिसा आचार्यको समूह, रिहाना त्रिपाठीको समूह र ग्रिस्मा भुसाल क्रमशः प्रथम, द्वितिय र तृतिय भएको विद्यालयले जनाएको छ ।

यस्तै गायनतर्फ कक्षा २ र ३ बाट अभियाना पौडेल प्रथम दिपसन लामिछाने द्वितिय र रितिनराज रेग्मी र प्रनभ त्रिपाठी तृतिय भए । कक्षा ४ र ५ बाट अविन त्रिपाठी, आरभ जि.सी. र प्रिन्सा अधिकारी क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।

उनीहरुलाई विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुली, सह–प्राचार्य प्रदिप खनाल, बुद्दिमोहन पौडेल, अपरेसन इञ्चार्ज तारा के.सी., कोर्डिनेटर भगवती सुवेदी, पद्मा पराजुली, निर्मला सुवेदी लगायतले प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले स्वागत मन्तव्य दिदै प्रतिभा माविमा अध्ययनरत विद्यार्थीहरुको भविष्य उज्वल रहेको बताए । त्यसका लागि विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियकलाप आयोजना गर्ने गरेको बताए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश अधिकारी र ललिता पोखरेलले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।