देश

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आज उद्घाटन गर्दै यस्तो बताउएका हुन् ।“देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ”, राष्ट्रपति पौडेलले भने, “राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले बिर्सन हुन्न ।” उनले नेपाल बहुजातीय, बहुभाषिक,… पुरा पढौ

लामाचौरमा सातौं संस्करणको शिव दर्शन यात्रा हुने

महाशिवरात्री पर्वको अवसरमा पोखराको लामाचौरमा शिव दर्शन यात्रा २०८२ हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही फागुन ३ गते हुने सातौं संस्करणको शिव दर्शन यात्रा कार्यक्रमको तयारी शुरु गरिएको समाजका अध्यक्ष ईन्जिनियर दिनेश भण्डारीले जानकारी दिए । समाजमा धार्मिक चेतनाको विकास र महाशिवरात्री पर्वको धार्मिक पक्षलाई संरक्षण गर्ने उद्धेश्यले विगत ७ बर्षदेखि निरन्तर कार्यक्रम गर्दै आईरहेको उनले बताए । गोस्तेघाटमा रहेको सर्वेश्वर शिवालयबाट शुरु हुने यात्रा त्यस क्षेत्रमा रहेका सुरथेश्वर, जलेश्वर, महेन्द्रेश्वर हुँदै कणेश्वर शिवालयमा पुगेर सम्पन्न… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री पठाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे । यसैगरी जिल्लामा व्यवस्थापन… पुरा पढौ

पोखराको जेठो सामाजिक संस्था पोउवा संघ ७२ औं वर्षमा

पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए । संघको ७२ औं स्थापना दिवसको अवसरमा आइतबार सचिवालय गैह्रापाटनमा झण्डोत्तोलन गरिएको छ । सो कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनसहित वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाका अनुसार संघले चुनावी आचार संहिताका कारण वार्षिकोत्सव केही कार्यक्रमलाई… पुरा पढौ

खोटाङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित करिव २ सय जना बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित करिव २ सय जना बिरामी परेका छन् । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह समारोह पछि भोज खाएका सबै जना माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको स्थानीयवासी वीरबल किरातीले जानकारी दिए । बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी… पुरा पढौ

देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान देशभरि नै सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र… पुरा पढौ

बंगलादेशलाई हराउँदै भारत साफ यू–१९ को च्याम्पीयन

सन्देश श्रेष्ठपोखरा, माघ २४ बंगलादेशलाई हराउँदै भारत साफ यू–१९ फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । पोखरामा शनिबार भएको फाईनल खेलमा भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । भारतको यो तेस्रो उपाधि हो । यसअघि पहिलो प्रतियोगितामै उपाधि जितेको भारतले सन् २०२४ मा भने बंगलादेशसँग संयुक्त रुपमा दोस्रो पटक उपाधि चुमेको थियो । शनिबार भने फाइनल भिडन्तमा भारतले बंगलादेशसँग लिग चरणमा बेहोरेको हारकोसमेत बदला लिदै उपाधि रक्षा गर्यो । लिग चरणमा बंगलादेशले भारतलाई २–० ले पराजित गरेको… पुरा पढौ

सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन : ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न

सन्देश श्रेष्ठपोखरा, माघ २४ पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए । दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् । त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ द्वितीय र कास्कीकै सुरेश गौली तृतीय… पुरा पढौ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

पोखरा, माघ २४ कास्की क्षेत्र नम्बर १ मा एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजी आन्दोलन दबाउन एमाले र त्यसको अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिका खेलेको भन्दै त्यस क्षेत्रमा एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको हो । सो अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् । कार्यक्रममा रणबहादुर विश्वकर्मासहितका ५३ जना… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

सन्देश श्रेष्ठपोखरा, माघ २४ प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन… पुरा पढौ