देश

नेपाली काँग्रेसको हेमजामा दुई सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना सँगै घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ । यसैबिच शुक्रवार कास्की क्षेत्र नं. ३ को पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको मिलन चोक र सुइखेतमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।सम्पर्क कार्यालयको क्षेत्र नं. ३ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङ र समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङले यस क्षेत्रको… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : फाइनल प्रवेशका लागि प्रतिभा र बाल मन्दिर, मदरल्याण्ड र छोरेपाटन भिड्ने

सन्देश श्रेष्ठपोखरा, माघ २३ प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगिता अन्तर्गत शुक्रबार… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा फुड फेष्टिभल सहित बिभिन्न कार्यक्रम सम्पन्न

पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा परीक्षाफल प्रकाशन सहित बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विज्ञान तथा सामाजिक विषयसँग सम्बन्धित परियोजना कार्यको प्रतियोगिता र फुड फेस्टिभल गरिएको अतिरिक्त कियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए । त्यस अवसरमा जुनियरतर्फ कक्षा ६ का प्रविन कायतको समूह प्रथम, कक्षा ५ का एलेक्स रसाइलीको समूह द्वितीय र कक्षा ४ का अंकित मन्नाको समूह तृतीय भए भने सिनियरतर्फ कक्षा ८ की उपासना रेग्मीको समूह प्रथम, कक्षा ९ की प्रिस्किला तामाङको समूह द्वितीय र कक्षा… पुरा पढौ

मदरल्याण्डमा विद्यार्थी र कर्मचारीलाई सम्मान

पोखरा, माघ २३पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको हो ।विहीबारदेखि सुरु भएको तीनदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार २० वर्ष सेवा प्रदान गरेकी शिक्षिका टंकमाया घिसिङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । त्यस्तै… पुरा पढौ

मदरल्याण्ड माविमा विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको हो । विहीबारदेखि सुरु भएको तीनदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार २० वर्ष सेवा प्रदान गरेकी शिक्षिका टंकमाया घिसिङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । त्यस्तै राष्ट्रिय… पुरा पढौ

कांग्रेसले भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्छ : गगन

सन्देश श्रेष्ठ पोखरा, माघ २३ नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेसले देशलाई भ्रष्टाचारको आहालबाट बाहिर निकाल्ने दाबी गरेका छन् । सभापती भएपछि पहिलो पटक पोखरा आएका उनले नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने,‘हिजो हिंसाबाट बाहिर निकालेको नेपाली कांग्रेसले भ्रष्टाचारको आहालबाट पनि देशलाई निकाल्छ ।’ उनले आज नेपाली जनता भ्रष्टाचारका कारण पुराना पार्टीहरुसँग रिसाएको बताए । सोहि कारण युवाहरु देशमा नबसी विदेश पलायन भएको तथा स्वदेशमा लगानी गर्न लगानीकर्ताहरु डराएको उनको भनाई थियो । कांग्रेसले जित्यो… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको छ । प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए । ‘हाम्रो देशले एक खालको स्ट्रगल गरिरहेको अवस्थामा सबै स्ट्रगलबाट… पुरा पढौ

सुशासन र विकास निर्माणमा जोेड दिन्छु–उम्मेदवार माधव बास्तोला

नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोलाले आफूले जनताको समस्या र सुशासनको पक्षमा जोडदार रुपमा आबाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा–११ फूलबारीस्थित नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ को चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन कार्यक्रममा उनले आफ्नै वडावासीसामु यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । राजनीति क्षेत्रमा लागेकै समयदेखि आफू सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा उभिदै आएकाले कास्की २ का मतदाताले आफूलाई न्याय गर्नेमा विश्वास व्यक्त गर्नुभयो । आफ्नो सम्पूर्ण जीवन… पुरा पढौ

मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यहाँका तीन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको हो । बिहीबार आयोजित जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी जानकारी दिइएको हो । माथिल्लो मुस्ताङको थुर्लुङ फाँटमा नेपाली सेना र चराङमा सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता… पुरा पढौ

प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीमा क्षेत्री

प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीको अध्यक्षमा प्रेम बहादुर क्षेत्री चयन भएका छन् । संघको सम्पन्न दशौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा गोर्खाली पानीका लेख बहादुर प्रधान , सचिवमा हिमालयन वाटर एण्ड आईसका अध्यक्ष कविन्द्र कोईराला, कोषाध्यक्षमा पुष्पराज गिरी पञ्चासे पानी, सहसचिवमा अमृतसागर तिवारी वर्षा पानी रहेका छन् । सदस्यहरुमा चीनुमाया गुरुङ अमृतजल, सन्दिप लामिछाने लेकसिटी पानी, सन्त बहादुर लामिछाने नेशनल पानी र निशान्त तिवारी विश्वास पानी रहेका छन् ।… पुरा पढौ