देश

अशोक राई नेतृत्वको जसपा फेरी फुट्यो

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फेरी फुटेको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाका सहअध्यक्ष रेणु यादव नेतृत्वमा बहुमत केन्द्रीय सदस्यसहित पार्टी एकताको सहमति भएसँगै जसपा विभाजित भएको हो । उनीहरूबीच आज एकताको सहमतिमा हस्ताक्षर समेत भएको छ । विगतमा एउटै दलमा रहेका उनीहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर एकता गरिएको बताईएको छ । मधेस आन्दोलनको उपलब्धिका रूपमा रहेको सङ्घीयता गणतन्त्रको सरक्षण एवं संवद्र्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि भन्दै उनीहरु… पुरा पढौ

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताएका छन् । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुपर्ने बताए । निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आज राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाउने विश्वास व्यक्त गरे । व्यक्ति बनेर केही हुँदैन देश बन्नुपर्छ भन्दै उनले यसका लागि विवेकसङ्गत र… पुरा पढौ

सडक महोत्सवको सांगीतिक उत्सव : आज लोकल व्याण्ड, भोलि स्वप्न सुमन र केहर लिम्वु गुञ्जिदै

पोखरा, पुस १४ पोखरा सडक महोत्सवमा आज स्थानिय व्याण्डहरुले प्रस्तुती दिदैछन् । पोखरा सडक महोत्सवको मुख्य आकर्षण सांगीतिक उत्सवमा आज ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेता व्याण्डहरुले आज लाईभ प्रस्तुती दिन लागेका हुन् । अपराह्नदेखि साँझसम्म सो व्याण्डहरुको प्रस्तुती रहने जनाइएको छ । आज दिउँसो भने अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता आयोजना हुँदैछ । कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भोलि पुस १५ गते तमु समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ । जहाँ तमु समुदायको भव्य उपस्थितिमा रोधीँलगायतका मनोरञ्जनात्मक कार्यक्रम दिनभरीजसो… पुरा पढौ

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता स्वीकृत

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ । आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो । आयोगले आचारसंहिताको मस्यौदामा प्राप्त सुझावलाई समेटेर स्वीकत गेरको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल… पुरा पढौ

सडक महोत्सवसँगै शुरु भयो सांगीतिक उत्सव पनि

पोखरा, पुस १३ पोखरा सडक महोत्सव शुरु भएसँगै पोखराको लेकसाईड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि शुरु भएको छ । रेवान पोखराको आयोजनामा शुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा अल टेक नेपालको संयोजनमा सांगीतिक उत्सव पनि शुरु भएको हो । जहाँ एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ । न्यू ईयर ईभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एक्स नेपथ्यका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । सो दिन न्यू ईयर ईभ… पुरा पढौ

तामझामसहित शुरु भयो पोखरा सडक महोत्सव

सन्देश श्रेष्ठपोखरा, पुस १३ पोखरामा तामझामसहित सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं श्रृङ्खला आईतबारदेखि शुरु भएको हो । महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले आईतबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटनअघि पोखरा हल्लनचोकदेखि झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आ–आफ्नो… पुरा पढौ

निर्वाचन आयोगले अस्थायी मतदाता सङ्कलन सुरु गर्ने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ । आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण यही पुस १९ देखि आगामी माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी अधिकारी प्रदेश… पुरा पढौ

नयाँ शक्तिहरु बिच एकता नभएपनि सहकार्य हुन्छ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु बिच एकता सम्भव नभए कार्यगत एकता हुनुपर्नेमा जोड दिएका छन् । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री समेत रहेका घिसिङले नेपाली जनताको चाहना एक हुनुपर्ने भए पनि, त्यसो हुन नसकेमा कार्यगत एकता चाहीं हुनैपर्ने धारणा राखे ।उनले सबै नयाँ र मूलधारका शक्तिहरुलाई एक भएर जान आह्वान समेत गरे । एकताका नाममा सम्मान र स्वाभिमानलाई मेटाउने कार्य… पुरा पढौ

सरकारका प्रवक्ता खरेलको दाबी: शीर्ष नेताहरुले चुनावमा जान सहमति जनाइसके, दलहरु निर्वाचनमा होमिईसके

सन्देश श्रेष्ठपोखरा, पुस १३ सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख दलका शिर्ष नेताहरुले चुनावमा जान सहमति जनाएको दाबी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईतबार पोखरामा आयोजना गरेको ‘आमसञ्चारलाई व्यवसायीक बनाउन यस क्षेत्रमा विकशित नविनतम अवधारणा’ सम्बन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले प्रधानमन्त्रीले शनितबार गरेको छलफलमा शीर्ष नेताहरुले निःशर्त चुनावमा जान सहमति जनाएको बताएका हुन् । जेनजी आन्दोलनको जगमा बनेको सुशीला सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको छ ।… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनः आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बताए । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१… पुरा पढौ