देश

काँग्रेस भित्र अब कुनै गुट छैन–सभापति शर्मा

प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ अन्तरगत पोखरा–८ सिमलचौरमा आइतबार चुनाव प्रचार प्रसार समितिको मम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त सम्पर्क कार्यालय नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की निर्वाचन क्षेत्र नं २ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका माधव प्रसाद बाँस्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसमा कुनै गुट नरहेको बताएका छन् । एक भएको… पुरा पढौ

जेन जी युवाले गरे एमाले पोखरा १५ को निर्वाचन कार्यालयको उद्घाटन

नेकपा एमाले क्षेत्र नं २ ले चुनावी प्रचार अभियानलाई तिब्र पारेको छ । एमाले उमेद्वार रश्मि आचार्य स्थानीय नेता कार्यकर्तासहित मतदाता भेट्न घरदैलो अभियानमा सक्रिय भएका छन् । पोखरा ४ बाट घरदैलो अभियान शुरु गरेका आचार्यले मतदातासँग सुझाव संकलन समेत गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदातासमक्ष पुगेका उनले आश्वासन भन्दा पनि समस्या पहिचानका कुरालाई जोड दिएका छन् । अभियानकै क्रममा पोखरा १५ को निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना भएको छ । सो कार्यालयको सोही वडाका जेन जी युवाहरूले उद्घाटन गरेका… पुरा पढौ

नेकपाका उम्मेदवार राजकाजी : सहिदको शालिकमा माल्यार्पण गरेर भेटघाट शुरु

पोखरा, माघ १८ कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो । भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर… पुरा पढौ

मादीको चिप्ली गाउँमा फागुन २ देखि महाशिवरात्री मेला हुने

कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लवको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लवका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । ‘चिप्ली गाउँमा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३८ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन,खेलकुद र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ उनका… पुरा पढौ

चुनावका लागि नेविसंघले तोक्यो संयोजक

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कास्कीका ३ सहित १ सय ६५ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार फागुन २१ गते निर्वाचन हुने १ सय ६५ क्षेत्रमा नेविसंघलाई परिचालन गर्न लागिएको हो।त्यसअनुसार निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति गठन गरिएको उनको भनाइ छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचन क्षेत्र नं. १ मा विजय घिमिरे, २ मा संजय आले मगर र ३ मा माधव गिरी संयोजक तोकिएका… पुरा पढौ

कास्कीमा निर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन कार्यालय

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरु मतदाता रिझाउनका लागि आफ्ना चुनावी गतिवधि बढाइरहँदा कास्कीमा निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुटेको छ । निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावारणमा सम्पन्न गराउन आचारसंहिताको कार्यान्वयनलगायत विषयमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया सम्पन्न भएसँगै आन्तरिक तयारी तीव्र बनाइएको छ । जिल्लाका तीन वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटाइने कर्मचारी, पठाइने सामग्री आदिको व्यवस्थापनलगायत कामलाई कार्यालयले बढाइरहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । जिल्लामा कूल १५३ मतदानस्थल… पुरा पढौ

मतदाता खोज्दै म्याग्दीका उम्मेदवारहरू पोखरामा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् । “गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।” अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न… पुरा पढौ

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वतको प्रदेश अस्पताल चरम सङ्कटमा

लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डीराज पौडेलले जानकारी दिए । अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीहरूको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले… पुरा पढौ

साफ महिला यू-१९ : भारतसँग नेपाल, बंगलादेशसँग भुटान पराजित

सन्देश श्रेष्ठपोखरा, माघ १७ साफ यू-१९ महिला फुटबल च्याम्पीयनसीपमा भारत र बंगलादेशले बिजयी शुरुवात गरेका छन् । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा शनिबार पोखरामा शुरु भएको प्रतियोगितामा भारतले नेपाललाई र बंगलादेशले भुटानलाई पराजित गर्दै बिजयी शुरुवात गरेका हुन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको दोस्रो खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हरायो । खेलमा पर्ल फर्नान्देसले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गर्दै भारतलाई जिताए । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा नेपालले गोल गर्ने अवसर सिर्जना गरे पनि सदूपयोग नगर्दा पहिलो… पुरा पढौ

टाईगर कप भलिबलको उपाधि गण्डकीलाई

सन्देश श्रेष्ठ पोखरा, माघ १७ पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । टाईगर ग्रुप पोखराले आयोजना गरेको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको छैटौं संस्करणको उपाधि गण्डकीले जितेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल भिडन्तमा गण्डकीले बाजी मा¥यो । गण्डकीले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो सेट गुमाएको गण्डकीले खेलमा पुनरागमन (कमब्याक) गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । गण्डकीले… पुरा पढौ