देश

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ह्वीलचियर हस्तान्तरण

सामाजिक संस्था हेड्स नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागलाई पाँच थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । संस्थाको ३३ औ स्थापना दिवसको अवसरमा मानवीय सहायता स्वरुप सो सामाग्री प्रदान गरेको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरि वहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्रा.डा. नारायण सिंह गुरुङलाई ह्वीलचियर हस्तान्तरण गरे । आकस्मिक उपचारमाका लागि आउने विरामी, जेष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलव्ध गराउने उदेश्यले ह्वीलचियर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाई छ… पुरा पढौ

क्रिकेट लिग २: अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो । अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन… पुरा पढौ

पोखरा १९ मा मानव बेचविखन विरुद्ध स्थानीय समिति गठन

मानव बेचविखन तथा ओसारपसार विरुद्ध पोखराको १९ नम्वर वडामा स्थानीय समिति गठन भएको छ । बाल तथा महिला ससक्तिकरण समाज नेपाल, कास्कीले आयोजना गरेको भेलाले वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको संयोजकत्वमा १३ सदस्यीय स्थानीय समिति गठन गरेको छ । समितिको सदस्यमा महिला जनप्रतिनिधि कल्पना सुनार, महिला सञ्जालकी तिलकुमारी कार्की, निगरानी समुहकी शान्ति बास्तोला,बाल अधिकार समितिकी शर्मिला पोखरेल,बाल मञ्चका निश्चल अधिकारी,लामाचौर सिआरभि प्रमुख विष्णुबहादुर पल्ली मगर, महिला स्वास्थ्य सेविका देवु आचार्य, नागरिक मञ्चका दयाराम गौतम र स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष शिशिर पौडेल… पुरा पढौ

गण्डकीको बेरुजु ५४ करोड ३ लाख

पोखरा, जेठ २ आर्थिक वर्ष २०८१/८२ मा गण्डकीमा ५४ करोड ३ लाख रुपैयाँ बेरुजु भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष गण्डकीका १ सय ८० कार्यालयको ४१ अर्ब ४५ करोड बराबर लेखा परीक्षण गर्दा सो बेरुजु देखिएको हो । यो कुल बजेटको १.३० प्रतिशत बेरुजु हो । ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा भएको छ । मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा निर्वाचनको झल्को, मतदानबाट छानिए छात्रछात्रा प्रमुख

संसदिय निर्वाचनको झल्को दिने गरी विद्यार्थीले मतदानबाटै विद्यालय छात्र छात्रा प्रमुख छनौट गरेका छन् । पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले मताधिकार प्रयोग गरी आफ्ना प्रमुख छानेका हुन् । सो निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्रा मञ्जिसा भुजेल र कक्षा ९ मा अध्ययनरत छात्र सफल घर्ती मगर प्रमुख छात्र तथा छात्रामा निर्वाचित भएको सामाजिक शिक्षक तथा निर्वाचन आयुक्त विपीन गौतमले जानकारी दिए । पाँच जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचन कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए… पुरा पढौ

नयाँ भवनमा इतिहास झल्काउँदै कास्कीको रुपा गाउँपालिका

कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ ।विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा निर्माण गरिएको आधुनिक एवं सुविधासम्पन्न प्रशासनिक भवनको पहिलो तलालाई सिद्ध, दोस्रो रुपा, तेस्रो देउराली, बैठक… पुरा पढौ

रात्रीकालिन व्यवसायको अनुगमन गर्न पोखराका पर्यटन सम्बद्ध संस्थाको माग

होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो । उक्त सहमति अक्षरसः कार्यान्वयन नहुँदा हो–हल्ला, ध्वनी प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकोले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी… पुरा पढौ

लेखनाथमा यातायात व्यवस्था कार्यालय स्थापना, पुवी कास्कीका सेवाग्राहीलाई सहजता

पोखरा महानगरपालिकाको लेखनाथमा यातायात व्यवस्था कार्यालयको स्थापना गरिएको छ । लेखनाथको पावरहाउसमा स्थापना गरिएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उद्घाटन पछि आयोनित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लेखनाथमा कार्यालय रहन्छ कि रहदैन भन्ने आशंका अन्त्य भएको बताए । उनले यहाँ स्थापना भएको सरकारी कार्यालय अब अन्यत्र नसारिने पनि स्पष्ट पारे । जनतालाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने सरकारको दायित्व रहेको बताउँदै, उनले कार्यालय स्थापनासँगै नागरिकले भोग्नु परेको असुविधा पनि अन्त्य भएको बताए । मुख्यमन्त्री पाण्डेले यातायात… पुरा पढौ

विश्वकर्मा वैदिक गुरुकुल स्थापनाका लागि सुझाव संकलन

शिल्पी समुदायका वालवालिकालाई सनातन संस्कृती अध्ययनका लागी आवासीय गुरुकुल स्थापना गर्नको लागि पोखरामा सुझाव संकलन गरिएको छ । प्रस्तावित विश्वकर्मा वैदिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विश्वहिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय सदस्य एवम शिल्पी समन्वय विभागका केन्द्रीय अध्यक्ष गणेश बराईलीले सनातन धर्म रक्षार्थ बिश्वकर्मा पण्डीतहरुबाट कर्मकाण्डी कार्य गर्दै आएको बताउदै, शिल्पी पण्डीत गुरुहरुको ज्ञान र क्षमतालाई अझ चुस्त बनाउनु पर्नेमा जोड दिए । विश्वकर्मा समाज नेपालका संस्थापकसमेत रहेका उनले धामी प्रशिक्षण नियमित गर्ने र भविष्यमा शिल्पी समुदायका वालवालिकालार्इ सनातन संस्कृती अध्ययनका… पुरा पढौ

२४ वर्ष वर्षदेखि खेल बिट हेरिरहेका बराललाई खेल पत्रकारिता अवार्ड, प्रोफाइलसहित

पोखरा, जेठ १दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट खेल पत्रकार अवार्ड दीननाथ बरालले प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा भएको अवार्ड समारोहमा विगत २४ वर्षदेखि निरन्तर खेल बिट हेरिरहेका बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गरिएको हो । अवार्डको साथमा नगद ३५ हजारसहित दोसल्ला र ताम्र पत्र रहेको छ ।उनलाई गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्चका… पुरा पढौ