देश

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन् । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन् । प्रथम हुने बोहोरालाई रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका छन् । उनीहरुलाई रु तीन हजार र रु दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले… पुरा पढौ

आज दसैं नवरात्रको महाअष्टमी, महागौरी देवीको पूजा गरिदैं

आज आस्विन शुक्ल अष्टमी तिथि। आजको दिनलाई दसैं नवरात्रको महाअष्टमी तिथि पनि भनिन्छ। आजको दिन ९ दुर्गामध्ये महागौरी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको आठौं दिन आज (सोमबार) दसैं घर तथा िपूजा कोठामा ९ दुर्गामध्ये आठौं देवी महागौरी भगवती दुर्गाको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ। महागौरी ९ दुर्गामध्येकी आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी… पुरा पढौ

गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो

काठमाण्डौं । गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उनले बताए । गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलहरुलाई फूलपातीका रूपमा दरबार भित्र्याइएको प्रमुख भुसालले जानकारी दिए ।… पुरा पढौ

पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको बडा दशैंमा पनि सर्वसाधारणलाई टिका नलगाइदिनु हुने भएको छ । डेंगु रोगको महामारी फैलिरहेका बेला स्वास्थ्य लाई मध्यनजर गरेर शाहले सर्वसाधारणलाई टिका नलगाइदिनु हुने निर्णय लिनु भएको उनका संवाद सचिव फणी पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिए । ‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने तथा सार्वजनिक टिका कार्यक्रम नगर्ने भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । पुरा पढौ

दुई केन्द्र नयाँ थपियो

वालिङ । स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र दुई नयाँ केन्द्र थपिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए । जिल्लामा कूल एकसय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक÷एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो । वालिङ नगरपालिका– ८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ ८ कै शिवशक्ति सामुदायिक भवन… पुरा पढौ

गोरखाको फूलपाती मोटरमा राखेर हनुमानढोका दसैंघरमा पठाइयो

गोरखकाली मन्दिरको दसैंघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दसैंघरमा फूलपाती लगिएको छ। गोर्खामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती आज (आइतबार) बिहान मोटरमा राखेर हनुमानढोका पठाएको हो। गोरखकाली मन्दिरका पूजारी र सुसारेले अघिल्लो दिन गोर्खा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौ पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए। दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा फूलपाती लिएर काठमाण्डौ गएका हुन्। फूलपाती पठाउने क्रममा बाजागाजासहित… पुरा पढौ

काँग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

काँग्रेसले व्यापक हेरफेरपछि समानुपातिक सूचीको अन्तिम नामावली बुझाएको छ। शनिबारदेखि रातभर बैठक बसेर बिहानपख टुंगो लगाएको थियो। काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार काँग्रेसले अन्तिम सूची बुझाएको छ। निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा त्रुटि संशोधनका लागि आजसम्मको समय दिएको थियो। बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले भोलिसम्म फिर्ता लिन सक्नेछन्। पुरा पढौ

प्रचण्डले दिए दशैँको शुभकामना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन्। दसैंलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी मंसीर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’ हाम्रा चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको प्रचण्डको सन्देशमा उल्लेख छ। पुरा पढौ

विश्व अहिंसा दिवस

आज अंग्रेजी महिनाको अक्टोवर २ अर्थात नवौं अन्तर्राष्ट्रिय अहिंसा दिवस। नेपाल लगायत अन्तराष्ट्रियस्तरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। वर्णभेदलाई अन्त गरौँ भन्ने उद्देश्यका यो वर्ष ‘End Racism Build Peace’ अर्थात ‘वर्णभेद अन्त्य गरौं, शान्ति निर्माण गरौं’ नारा तय गरिएको छ। दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गर्दछन्। विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो। विश्वभर अशान्ति, आतंकवाद र… पुरा पढौ

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

राजविराज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय… पुरा पढौ