देश

डढेलो र वन्यजन्तु बीमाबाट पीडितलाई राहत

गण्डकी । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सञ्चालन गरेको डढेलो र वन्यजन्तु आक्रमण बीमा पीडित परिवारका लागि सहारा बनेको छ । वनमा लाग्ने डढेलो नियन्त्रण तथा वन्यजन्तुको आक्रमणका कारण ज्यान गुमाएका परिवार र घाइते व्यक्तिले महासङ्घले गरेको बीमामार्पmत प्राप्त रकमबाट उपभोक्ताले केही हदसम्म भए पनि राहतको महसुस गरेका हुन् । मुलुकमा बर्सेनि हिउँदका समयमा सामुदायिक वनमा लाग्ने डढेलो एवम् वन्यजन्तु आक्रमणबाट जनधनको क्षति हुने गरेको हुँदा महासङ्घले दुःखमा परेका उपभोक्ताको राहतका लागि २०७५ सालदेखि बीमाको व्यवस्था गर्दै आएको छ ।… पुरा पढौ

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरु हुन केही समय लाग्ने भएको छ । नेपाली सेनाले ट्र्याक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो । राष्ट्रिय चासोको सडक भए पनि स्तरोन्नति र कालोपत्रको काममा ढिलाइ भएको हो । मालढुङ्गादेखि बलेवासम्मको खण्ड सेनाले दुई वर्षअघि हस्तान्तरण गरेको भए पनि कालोपत्रका लागि ठेक्का लगाउन दोहोरो योजनाको झन्झट छ । गत आर्थिक वर्षमा सडक विभागले सडक डिभिजन कार्यालय बागलुङमार्फत रु पाँच करोडमा… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी बैठक भोलि दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । रासस पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकीमा अन्तर्घात भएको सत्ता गठबन्धनको निश्कर्ष

पोखरा, माघ १३ गण्डकी प्रदेश स्तरीय सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्र्तघात भएको निश्कर्ष निकालेको छ । गण्डकीमा राष्ट्रिय सभा सदस्यको ३ सिटका लागि भएको निर्वाचनमा तीनै सिट जितेर सत्ता गठबन्धनले क्लिन स्वीप गरेपनि सत्ता गठबन्धनको मतभार घटेको थियो । निर्वाचनको समीक्षा गर्न विहीबार बसेको बैठकमा सत्तारुढ गठबन्धनले अन्र्तघातलाई चुनावी कमजोरीको रुपमा व्याख्या गर्दै त्यसलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाएको छ । सत्तारुढ गठबन्धनको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,‘समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो… पुरा पढौ

गण्डकीमा विहिबार ७१७ जना संक्रमित थपिए,दुई जना संक्रमितको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका थप ७१७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ५५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २८९ जना, तनहुँका ३९ जना, गोरखाका नौ जना, लमजुङका ५६ जना र नवलपुरका ९९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ९९ जना, पर्वतका ४५ जना, बाग्लुङका ११७… पुरा पढौ

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको… पुरा पढौ

कांग्रेसको केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित… पुरा पढौ

जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो । प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन मर्मत सम्भार गरी आफ्ना काम÷कारबाही सञ्चालन गर्दै आएको छ भने प्रदेशसभा सचिवालयको कार्यालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन भइरहेको छ । प्रदेश सरकार,… पुरा पढौ

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् । आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला… पुरा पढौ

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाण्डौं । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै… पुरा पढौ