देश

‘३ दिनभित्र सबै ठाउँमा सिटामोल’

काठमाण्डौं उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभएपनि अभाव भने नभएको पाइएको छ। सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको ३ दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाई उत्पादकहरूको छ। उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गरेको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो। ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला ४/५ दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा संचारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गरे। ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले… पुरा पढौ

समयमै नतिजा प्रकाशन गर्न मन्त्रीको निर्देशन

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए। “कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ, नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो ‘फास्ट ट्र्याक’बाट नतिजा निकाल्नुस्”, उनले भने । परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेकोे मन्त्रीलाई जानकारी… पुरा पढौ

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाण्डौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने बताउँदै आफ्नो परामर्शमा यथाशीघ्र निर्वाचनको मिति तोक्न आयोगले आग्रह गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम मिति तोक्न सरकारसँग आयोगले आग्रह गरेको आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।… पुरा पढौ

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ ।… पुरा पढौ

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौं । कोरोना सङ्क्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले आज विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्ने सम्बन्धित सबैमा धन्यवाद दिएका छन् । रासस पुरा पढौ

विमानस्थल प्रयोग गर्दा मुलुक र मित्रराष्ट्रलाई असर प¥यो भने ठूलो मूल्य चुकाउनुपर्छ : गृहमन्त्री खाँड

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच आज भएको छलफलमा उनले नेपालको विमानस्थल प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने बताए । उक्त बैठक गृहमन्त्री खाँडकै अध्यक्षतामा बसेको थियो । नेपाललाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन विमानस्थललाई व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो । मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई प्रविधियुक्त बनाउन सरकार लागिपरेको… पुरा पढौ

राजिव गुरुङको निर्णायक गोलमा आर्मी आहा ! रारा गोल्डकपको सेमीफाइनलमा

पोखरा, माघ ११ विभागीय त्रिभूवन आर्मी क्लव पोखरामा जारी २० औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लवलाई १–० गोलले हराउँदै आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो । हारसँगै पाँच पटकको उपाधि बिजेता थ्रीस्टार पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि जितेको थियो । धेरै पटक फाइनल पुगेपनि आर्मीले हालसम्म उपाधि जित्न सकेको छैन । मंगलबारको खेल सकिएसँगै सहारा क्लव पोखराको आयोजनामा पोखरामा जारी आहा… पुरा पढौ

सुर्खेतका दुई नाकामा‘होल्डिङ सेन्टर सञ्चालनमा

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीयतहसँग समन्वय गरेर होल्डिङ सेन्टर स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए । उनले सार्वजनिक सवारीसाधनका… पुरा पढौ

‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा… पुरा पढौ

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपालमा आयो

काठमाडौ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।रासस पुरा पढौ