देश

टाईगर कपको दोश्रो संस्करण सोमबारदेखि, तयारी अन्तिम चरणमा

पोखरा, पुस २४ पोखराको प्रतिष्ठित टाईगर कप भलिवल प्रतियोगिताको दोश्रो संस्करण सोमबारदेखि पोखरामा हुने भएको छ । टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि पुस २६ गते सोमबारदेखि माघ १ गतेसम्म पोखरा रंगशालामा ‘दोश्रो टाईगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पीयनसीप महिला÷पुरुष भलिवल प्रतियोगिता’ हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक टाईगर ग्रुप पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको टाइगर ग्रुपले… पुरा पढौ

१५ दिनमा कार्यसम्पादन प्रतिवेदन पेस गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५÷१५ दिनभित्रको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। विभागीय प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री पौडेलले १५÷१५ दिनको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन्। ‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिपोट गर्नुहोस’, मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा निस्कने गरी काम हुनुप¥यो होइन भने कारण चाहियो।’ मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलका विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशनसमेत दिए। ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु… पुरा पढौ

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन्। भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस्।’ सोे निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका… पुरा पढौ

माओवादी नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। श्रेष्ठ हाल होम आइसोलेसनमै बसेका छन्। उनले हालसालै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन्। हालै महाधिवेशन सम्पन्न गरेको माओवादीका केन्द्रीय कार्यालयका कतिपय कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गरिएको छ। पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्। गंगाले ट्विटरमा लेखेकी छन्, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। अध्यक्षको सम्पर्कमा आउनुहुने सबैले सावधानी अपनाउनुहोला। आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्व निर्धारित सम्पूर्ण भेटघाट र कार्यक्रमहरू रद्द गरिएको छ।’ पुरा पढौ

कांग्रेसका विभिन्न पदमा निर्वाचितलाई डिएलएको सम्मान

पोखरा, पुस २३ गते । नेपाल डेमोक्रयाटीक लयर्स एशोसिएसन कास्कीले नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा बिभिन्न पदमा निर्वाचित भएका आफ्ना सदस्यहरुलाई पोखरा शुक्रबार सम्मान गरेको छ ।सम्मानित हुनेमा गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, बरिष्ठ अधिवक्ता बिश्व धिमीरे, रामचन्द« त्रिपाठी ,रमेश पौडेल लगाएतका दर्जनै कानुन ब्यवसायी रहेका छन ।सम्मान कार्यक्रमा बोल्दै नेपाली काग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले काग्रेसमा मात्र स्वतन्त्र न्यायापालीका र स्वतन्त्र प्रेसको परिकल्पना गर्ने सकिने बताए ।उहाँले लोकतान्त्रीक कानुन ब्यवसायले कानुनिराज… पुरा पढौ

पोखरामा महोत्सवमा मास्क र सेनिटाईजर अनिवार्य, ज्वरोपनि नापिने

एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न भएको छ । सुरक्षा बैठकमा विशेष गरी महोत्सवमा स्वास्थ्यको मापदण्डलाई पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारोनाका विरामीहरु वढ्दै गइरहेकाले मेला महोत्सवहरुमा वढी मात्रामा भिडभाड हुने भएकाले स्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्नुपर्ने वताए ।दर्शकहरुलाई अनिवार्य मास्क लगाउने, महोत्सव स्थलमा सेनीटाइजरको पर्याप्त ब्यवस्था गर्ने, ज्वरो नापेर मात्र महोत्सव स्थलमा प्रवेश गराउने र वढी मात्रामा भीडभाड नगर्न दर्शकहरुलाई अनुरोध गर्न समेत प्रमुख जिल्ला अधिकारीले… पुरा पढौ

ठिहिर्याउने जाडोमा मायालुको साथ ‘भिडियो सहित’

पोखरा । भर्खरै देशका अधिकांश भुभागमा हिउँ परेर डाँडाकाँडा सेताम्य भए, जाडो निकै वढ्यो, अझै हिउँ सकेकै छैन । मौसम चिसो चिसो छ । बुढापाका भन्ने गर्छन् ु जाडोमा रुई, फुई र दुई हुनुपर्छ मज्जा आउछ । सायद यो कुराको ख्याल सर्जक आभास सेन्चुरीलाई राम्रोसँग रहेछ । उनले तेस्रो फर्मुलाुदुई ु रोजे । ठिहिर्याउने जाडोमा मायालुको साथ । चिसो चिसो मौसममा न्यानो मायाको साथले निकै रोमाञ्चक र प्रेमील सम्बन्ध बन्दोरहेछ । जून निकै यादगार र डाहा गर्न लायक पनि हुँदोरहेछ… पुरा पढौ

सन्तोष अधिकारी अभिनित “आज म आइपुगेँ” गीतको म्युजिक भिडियो सार्वजनिक

पोखरा ।सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोष सँगै पुजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही ठकुरीको आवाज रहेको गीतलाई अजय कुमार अधिकारीले लेखेका हुन् । संगीत समेत अजय कै हो ।गीतको म्युजिक भिडियोमा नेपाली लाहुरेको प्रेमिल कथालाई प्रस्तुत गर्न खोजिएको छ । एएसएपी इन्टरटेन्मेन्टको प्रस्तुतीमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निशान कास्यपले निर्देशन गरेका हुन् । एएसएपी इन्टरटेन्मेन्ट पछिल्लो समय म्युजिक भिडियो… पुरा पढौ

२६ एसएसपीको सरुवा ( हेर्नुहोस, को कहाँ पुगे ? )

सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले विहीबार २६ जना एसएसपीको सरुवा गरेका हुन्। हेर्नुहोस, को कहाँ पुगे ? पुरा पढौ